बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ ।कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ । कोरोनाभाइरसको महामारी नियन्त