जिल्ला सुरक्षा समितिले निष्पक्ष र भयरहित मतदानका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको बारामा मतदान केन्द्र, मतदाता, उम्मेदवार र मतदान अधिकृतलगायतको सुरक्षाका लागि सहरदेखि गाउँसम्म नेपाली सेनालगायतका सबै सुरक्षा निकाय एकीकृत ढंगले परिचालित भएका छन् ।