चुनावी सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई निष्पक्ष, भयरहित तथा सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझै चुस्त बनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित ‘भर्चुअल कन्फ्रेन्स’ माउनले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा उच्च सतर्कता र संवेदनशीलतासाथ सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।‘स्थानीय तह निर्वाचन, निष्पक्ष एवं भयरहित तवरले सम्पन्न गर