कोभिड–१९ का कारण रगत अभाव सिर्जना भएको छ। रक्तदान महादान भनिन्छ। दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ। सोहीअनुरूप दाताले निःशुल्क रगत दान गर्छन्। तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुने गर्छ।
अस्पतालैपिच्छे फरक–फरक मूल्य तोकिएको देखिन्छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले विभिन्न बहानामा उच्च शुल्क लिने गरेको पाइएको छ भने निजी अस्पतालहरूले २५ सयसम्म लिने गरेका छन्।
संसारभरि रगत बेच्न पाइँँदैन तर नेपालमा विभिन्न पर...