१४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० का वासिन्दाले बिरामी भएर उपचारका क्रममा रगत आवश्यक निशुल्क पाउने भएका छन् । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको १ हजार ५० रुपैयाँ सेवा शुल्क लिने गरेको छ, तर वडा नम्बर १० का वासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गए निशुल्क पाउनेछन् । शनिबार वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी […]