मोतीलालको जन्मोत्सवमा दुगड ग्रुपले गर्‍यो विभिन्न सामाजिक काम

एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।  ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।  शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आय...

सम्बन्धित सामग्री

वार्षिकोत्सवमा रिलायन्स फाइनान्सको सामाजिक सेवा

रिलायन्स फाइनान्स लिमिटेडले स्थापनाको १५औँ वर्ष प्रवेश गरेको अवसर पारेर विभिन्न सामाजिक काम गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सो क्षेत्रमा संलग्न तथा क्रियाशील...

कामको तनाव व्यवस्थापन गर्ने तरिका

हामी जीवनयापन गर्ने क्रममा विभिन्न काम, व्यवसाय वा जागिरमा लागेका हुन्छौँ । घरायसी काम, खेतीकिसानी, सामाजिक काम, बिजनेस व्यवसायमा कहिलेकाहीँ विभिन्न खालका अप्ठ्यारा वा उल्झनहरू झेल्नुपर्ने हुन सक्छ । यसले...

अन्तरपालिका भलिबल प्रतियोगिता हुने, विजेतालाई सवा एक लाख

बैतडी : बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ। खेलकुदका साथै विभिन्न सामाजिक काम गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।ट्रष्टले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो। तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा दशओटै पालिकाका टिमको सहभागिता रहने ट्र

वार्षिकोत्सवमा सिभिल लघुवित्तको सहयोग

सिभिल लघुवित्त वित्तीय संस्थाले १०औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गरेको छ ।वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुलाई सहयोग, समुदायमा डस्टबिन वितरण तथा सरसफाईलगायतका कार्यक्रमहरु आयोजना गरेको छ ।वित्तीय संस्थाको सहयोगमा काभ्रेको ढुंखर्कमा दाँत तथा महिला स्वास्थ्य शिविर सञ्चालन गरेकोमा उक्त कार्यक्रमबाट करिब १५० जना लाभान्वित भएका छन् । यसैगरी संस्थाले […]

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

तेह्रथुम– सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे । विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको […]

पत्रकार विसीले जन्मदिनमा गरे सामाजिक काम

काठमाडौं : सुदूरपश्चिमका पत्रकार धर्मेन्द्र विसीले आफ्नो जन्मदिन तथा बुबाको ६ महिनाको पुण्यतिथिको अवसरमा विभिन्न सामाजिक कार्य गरेका छन्।धनगढीमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण तथा नेपाल पत्रकार महासंघ अछामले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा नगद रकम सहयोग गरेका छन्।विसीले उक्त कोषमा पाँच हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। विसीले आफ्नो जन्मदिन र बुबाको ६ महिनाको पुण्य तिथिको अवसरमा फजुल खर्च नगरी सामाजिक कार्यमा केही रकम खर्च गरेको बताए।

राउन्ड टेबल नेपालको अध्यक्षमा बाहेती

राउन्ड टेबल नेपालको अध्यक्षमा आनन्द बाहेती चयन भएका छन् । यो गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ ।संस्थाको वार्षिक साधारण सभाले बाहेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा राहुल अग्रवाल, सचिवमा गोविन्द घिरइया, कोषाध्यक्षमा सुसान्त चाचान् चयन भएका छन् । यस्तै, सम्पादकमा विमल बेद […]

विभिन्न संघ–संस्थालाई कोरोना महामारी नियन्त्रणमा युनिलिभर नेपालको सहयोग

काठमाडौं (अस) । ग्लोबल युनिलिभर गु्रपमा सहभागी युनिलिभर नेपालले उपभोक्ता समूह, समुदाय तथा विश्वकै स्वास्थ्य सुधारलाई केन्द्रित गरी विभिन्न सामाजिक काम गरिरहेको जनाएको छ । कम्पनीले कोभिड महामारीको दोस्रो चरणमा नेपालले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी मेडिकल तथा आपतकालीन उपकरण जिल्ला प्रशासन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको छ । विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सन्टे«टर  योगदान गरिएको छ । युनिलिभरले विभिन्न संघ–संस्थालाई अक्सिजन कन्सन्ट्रेटर १२८, एन९५ मास्क १ हजार ५००, सर्जिकल ग्लोब्स ३ हजार ४ सय, सु कभर २ हजार, वर्किङ क्याप २ हजार, मेडिकल गगल २ सय हस्तान्तरण गरिएको बताएको छ । उल्लिखित उपकरण तथा सामान मेडिकल क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने मेडिकल कर्मचारीका लागि कोरोना रोकथाम तथा उपचारमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेलले कम्पनीले कोरोना महामारी नियन्त्रणमा पुर्‍याएको सहयोगप्रति धन्यवाद जनाएको युनिलिभरले बताएको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक  अम्लान मुखर्जीले कोभिडका सिकिस्त केसलाई निरन्तर अक्सिजन आपूर्ति गरेर  मेडिकल पूर्वाधारको भार कम गर्नुपर्ने आवश्यकता औंल्याए । स्वास्थ्य संकटलाई निरोपण गर्न युनिलिभर परिवारले नेपाली नागरिकको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । युनिलिभरले कोभिड संक्रमितका लागि मेडिकल उपकरणबाहेक हेटौंडामा अक्सिजन प्लान्ट स्थापनामा पनि आर्थिक सहयोग गरेको छ । युनिलिभरले  लाइफब्याय ब्रान्डलाई आधार बनाएर महामारीमा जनचेतना जगाउन विभिन्न सञ्चार माध्यमबाट ‘पब्लिक सर्भिस एनाउन्समेन्ट’ अभियान सञ्चालन गरिरहेको छ । लाइफब्याय साबुन युनिलिभर नेपालको उत्पादन हो ।

हेटौंडा अस्पताललाई नेपाल जेसीजको अक्सिजन सहयोग

मकवानपुर । हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव भएसँगै मकवानपुरमा सक्रिय रहेका सामाजिक संघ–संस्थाहरुले दैनिक रुपमा अक्सिजन सिलिन्डर सहयोग गरिरहेका छन् । जिल्लामा विभिन्न सामाजिक काम गरिरहेका व्यवसायिक संस्था, राजनीतिक दल लगायत लायन्स तथा रोटरी क्लबहरुले अस्पतालमा अक्सिजन अभाव टार्न महत्वपूर्ण भूमिका खेलेको हेटौंडा अस्पतालले जनाएको छ ।सोही क्रममा बुधबार हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन नेपाल जेसिसले १ सय १ वटा अक्सिजन सिलिन्डर सहयोग

रोटरीद्वारा ३ अर्बबराबरको सामाजिक काम गर्ने घोषणा

काठमाडौं। रोटरी इन्टरनेसनल ३२९२ नेपाल–भुटानले राजधानीमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखको भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा...