हातमुख जोर्न खाडीमा मजदुरी गर्ने रामसरोजका नाममा नेपालमा करोडौंको कारोवार भेटिएपछि…

अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं कारोवार गर्दै राजश्व छलि गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व छलीको विषयलाई लिएर उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दाले यस्तो रहस्योद्‌घाटन गरेको हो । गाउँमा सामान्य जीवन बिताइरहेका, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नागरिकता दुरुपयोग गरी खोलिएका कम्पनीमार्फत नक्कली कारोवार गरी राजश्व छल्ने गरेको पाइएको छ । यस्तै घटनाको शिकार भएका छन्, रामसरोज यादव । धनुषाको कमला नगरपालिका वडा नम्बर २ माची गाउँका २५ वर्षीय यादवले ११ ...

सम्बन्धित सामग्री

आयआर्जनबाट ग्रामीण महिलाको परिवार व्यवस्थित

परम्परागत खेतीपाती र घरको काममा मात्रै सीमित हुने ग्रामीण क्षेत्रका महिलाले व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् । महिलाले घरमै बसेर कमाइ गर्न थालेपछि आर्थिक र परिवार दुवै व्यवस्थित हुन थालेका छन् । टीकापुर नगरपालिका–६, लक्षिनापुरकी रामकृष्णी चौधरी ठेलागाडामा फलफूल बेच्नुहुन्छ । घरनजिकै फलफूल बेचेर भएको आम्दानीबाट १२ कक्षा पढ्दै गरेकी छोरीको पढाइखर्च र घरखर्च चलेको छ । जमिनका नाममा घरबास मात्रै भएकाले उहाँले परिवारको खानाखर्च र छोरीको पढाइखर्च जुटाउनु पर्छ । “दैनिक एक हजारदेखि सिजनमा १० हजार रुपियाँसम्मको बिक्री हुने भएकाले परिवारको खर्च चलेको छ,” रामकृष्णी भन्नुहुन्छ, “मैले छोरीको पढाइ, घरखर्च कमाएर घर कुर्ने भएपछि श्रीमान् कहिले भारत त कहिले गाउँमै फर्केर मजदुरी गर्नुहुन्छ ।

भारतीय नोट साट्ने नाममा सीमा क्षेत्रमा ठगिन्छन् नेपाली

२९ असोज, धनगढी । दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चहलपहल बढेको छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको जोलजीवी र बैतडीको झुलाघाटबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ । यी नाकाबाट पछिल्लो तीन हप्तामा ८ […]

मजदुरका नाममा ५ करोड कर !

मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभर घोटिएर कमाएको रकमले खाद्यान्न किनेर साँझ घर फर्कन्छन् ।

‘मजदुरको गन्ती नै छैन, ए मरेछ ! भन्यो सकियो’

म जस्तै अरू मजदुरका श्रीमतीले अकालमै श्रीमान् गुमाउन नपरोस् । मजदुरलाई काममा लगाउँदा सुरक्षित तरिकासँग काम गर्ने वातावरण बनाइयोस् । कमसेकम सरकारले यो काम गर्‍यो भने पुष्कर जस्तै अरू मजदुरले ज्यान गुमाउनु पर्दैन ।

वादीलाई बर्खामा बासकै पिरलो, वर्षा लागेपछि रातभर निदाउँदैनन्

दैलेख : हेर्दा भिरालो ठाउँ, ससाना टिन लगाएका माटो ढुंगाबाट बनेका घर, बस्तीको तलपट्टि सडकले खोतलेको ठाउँ। न आफ्नो नाममा जग्गा, न सुरक्षित बस्ने बस्ती। यो दृश्य दैलेखको नारायण नगरपालिका–१ र–६ मा पर्ने गणेश चौक नजिकै रहेको वादी बस्तीको हो। २० वर्षअघि देखि अव्यवस्थित तरिकाले यहाँ बस्दै आएका वादीलाई आफ्नो नाममा जग्गा बनाउने कुरा परको हो। उनीहरू हरेक बर्खामा निदाउन पाउँदैनन्।ज्याला मजदुरी गरी परिवारको गर्जो टार्दै आएका वादीलाई बर्खामा कसरी बाच्ने भन्ने चिन्ताले पिरोल्ने

तरकारी र खाद्यान्‍न बोकेका गाडीबाट नेपाल प्रवेश गर्छन् भारतीय

बाँके : नेपाल–भारत सीमा नाका सिल गरिए पनि मानिसको आऊजाऊ रोकिएको छैन। मजदुरी गर्न भारत गएका नेपालीलाई स्वदेश फर्किन सकिरहेका छैनन्। तर तरकारी र खाद्यान्न ढुवानी गर्ने नाममा भारतीयहरु नेपाल प्रवेश गरिरहेका छन्। यो एक हप्ताको अवधिमा चार सय ७१ जना भारतीय नेपाल आएका खुलेको छ। उनीहरु अत्यावश्यक सामान ओस...

मेयरसँगै राहत लिएर गएको समूहले युवालाई कुटेर फर्किए

सुशील सुवेदी  स्याङजा : कोरोना भाइरस संक्रमण हुन नदिन देशभर अहिले लकडाउन घोषणा गरिएको छ। लकडाउनले अतिविपन्‍न र मजदुरी गरेर छाक टार्ने परिवारलाई धौधौ परेको छ।  यिनै विपन्‍नका नाममा राहत वितरण अभियान नै चलेको छ देशभरी। स्याङ्जामा राहत वितरण गएका स्थानीय सरकारका प्रमुखसहितको टोलीले उल्...

२४ व्यापारिक फर्ममाथि मुद्दा दायर

राजस्व अनुसन्धान विभागले २४ व्यापारिक फर्मविरुद्ध १ अर्ब ७५ करोड रूपैयाँ कर छली गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन गरी ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी उनीहरूको नाममा कम्पनी खोलेर त्यस्ता कम्पनीबाट झूटो बीजक जारी गरी करछली गर्ने गरेको पनि जनाएको छ ।