मेयरसँगै राहत लिएर गएको समूहले युवालाई कुटेर फर्किए

सुशील सुवेदी  स्याङजा : कोरोना भाइरस संक्रमण हुन नदिन देशभर अहिले लकडाउन घोषणा गरिएको छ। लकडाउनले अतिविपन्‍न र मजदुरी गरेर छाक टार्ने परिवारलाई धौधौ परेको छ।  यिनै विपन्‍नका नाममा राहत वितरण अभियान नै चलेको छ देशभरी। स्याङ्जामा राहत वितरण गएका स्थानीय सरकारका प्रमुखसहितको टोलीले उल्...

सम्बन्धित सामग्री

युवा स्वदेशमा टिकाउने आधार

संसारभरि नै एक ठाउँबाट अर्को ठाउँमा काम र बसाइका लागि आवतजावत हुने क्रम प्राक्–ऐतिहासिक कालदेखि नै हुने गरेको पाइन्छ । तापनि नेपालमा अहिले जुन गतिमा विदेशप्रतिको आकर्षण बढेको छ, त्यसले विभिन्न प्रश्न उठाएको छ । विप्रेषण आय बढ्दा मुलुकको अर्थतन्त्रलाई राहत मिलेकाले सरकारी तहमा जति नै बसाइँसराइबारे चिन्ता प्रकट गरे पनि त्यो देखावटी हो भन्ने देखिन्छ । त्यही भएर युवालाई स्वदेशमा रोक्न सकिने पर्याप्त आधार भएर पनि त्यसमा सरकारले काम गर्न खोजेको पाइँदैन ।  आधुनिक राज्य प्रणालीमै पनि बसाइँसराइ तीव्र गतिमा भइरहेको पाइन्छ । यसको कारणमा राजनीतिक द्वन्द्व र जलवायु परिवर्तनलाई प्रमुख मानिएको छ । वैश्वीकरण र उदारीकरणले यस्तो बसाइँसराइ बढाएको भन्न सकिन्छ । बलियो अर्थतन्त्र र पर्याप्त अवसर भएका मुलुकबाट पनि श्रमशक्ति बाहिरिइरहेको छ । तर, तिनको प्रतिशत नेपालको दाँजोमा कम छ । भारतबाट कुल २ प्रतिशत युवा विदेश जाँदा नेपालबाट वर्षेनि ९ प्रतिशत विदेशिनु भनेको चिन्ताको विषय हो । यसलाई रोक्न त सकिँदैन तर कम गर्न भने सकिन्छ । रोजगारी नपाएकै कारण युवाहरू विदेशिएको भाष्य स्थापित भएको छ । तर, यो मात्र कारण होइन । पहिलो कारण त नेपालको शिक्षाप्रणालीले युवालाई नेपालमा टिक्न सकिने कुरा नै सिकाएको छैन । मुलुकप्रति आशा र भरोसा जगाउने खालको शिक्षा नै छैन । कर्तव्य र देशप्रेमको भावुक कुराले अहिलेको युवालाई छुँदैन । त्यसैले नेपाली हुनुको वास्तविक गौरव अनुभूति गराउने खालको शिक्षा जरुरी देखिन्छ ।  त्यस्तै अहिलेको युवामा देशमा केही हुन्छ भन्ने आशा जगाउने गरी काम भएको छैन । राजनीतिको निराशाले मुलुकको सबै क्षेत्रलाई छोएको छ । मुलुकको अर्थतन्त्र कमजोर भए पनि यसले गति लिँदै छ भन्ने आशा जगाउन नसकेको र सुदूर भविष्यसम्म पनि त्यस्तो संकेत नदेखिएकाले युवाहरू आफ्नो भविष्य नेपालमा देखिरहेका छैनन् । त्यो आशा जगाउने काम सरकार र राजनीतिक नेतृत्वको हो । तर, सरकारी कार्यशैलीले युवामा निराशामात्र होइन, वितृष्णासमेत जगाइरहेको छ । त्यस्तोमा विदेश जानु नै उनीहरूको विकल्प बनेको पाइन्छ । अभिभावकले पनि आशा गुमाइसकेकाले युवालाई रोक्न नसकेको वा नखोजेको अवस्था छ ।  आशा जगाउने आधार भनेको सुशासन हो । सुशासन भएमा नै उद्योगमैत्री वातावरण बन्छ । सुशासनमा नै उद्योग व्यवसाय फस्टाउन सक्छन् र तिनले रोजगारी सृजना गर्न सक्छन् । अहिले सुशासनको कमीकै कारण व्यावसायिक वातावरण बनेको छैन । सरकारले कति बेला कस्तो नीति लिन्छ भन्ने कुनै निश्चितता छैन । एउटा नीति लियो भनेर त्यसअनुसार व्यवसाय थाल्यो, व्यवसाय सफल नबन्दै सरकारले नीति फेरिसक्छ । यस्तोमा लगानी हुँदैन र रोजगारी सृजना पनि हुँदैन ।  वैश्वीकरण र उदारीकरणले बसाइँसराइ बढाएको भन्न सकिन्छ । बलियो अर्थतन्त्र र पर्याप्त अवसर भएका मुलुकबाट पनि श्रमशक्ति बाहिरिइरहेको छ । तर, तिनको प्रतिशत नेपालको दाँजोमा कम छ । प्रतिवर्ष झन्डै ५ लाख नयाँ श्रमशक्ति बजारमा प्रवेश गर्ने र ती मध्ये करीब डेढ लाखले रोजगारी पाउने गरेको अनुमान छ । बाँकी जनशक्ति बेरोजगार बन्नुपर्ने वा लुकेको रोजगारीको अवस्थामा रहनुपर्ने देखिन्छ । नेपालमा पाएको रोजगारीले परिवार पाल्न नसक्ने भएकाले विदेशिनुपर्ने बाध्यता बढेको देखिन्छ । नेपालमा जति पैसा कमाइन्छ त्यतिकै पैसा कमाउन पनि विदेश जाने गरेको देखिन्छ । यसो हुनुमा विदेशमा पैसा बचत गर्न सक्नु तर नेपालमा बचत गर्न नसक्नु एउटा कारण हो ।  मुलुकमा कामप्रतिको सम्मान पनि छैन । विदेशमा यहाँको भन्दा तल्लो स्तरको काम गर्दा पनि कसैले केही नभन्ने तर नेपालमा त्यस्तै काम गर्दा लाज मान्नुपर्ने परिस्थितिले पनि युवालाई विदेशिन प्रेरित गरेको देखिन्छ । त्यसैले कामलाई सम्मान गर्ने संस्कृति बढाउँदा विदेश जाने क्रम केही मात्रामा भए पनि कम गर्न सकिन्छ । अध्ययनका लागि पनि ठूलो संख्यामा युवाहरू विदेशिने गरेका छन् । ती सबै साँचिकै गुणस्तरीय शिक्षाको खोजीमा विदेशिएका हुन् भन्ने देखिँदैन । अध्ययनका नाममा भिसा पाउन सजिलो हुने र त्यसैबाट स्थायी बसोवासको सुविधा पाउन सकिने भएकाले विद्यार्थीहरूको रोजाइमा विदेश परेको हो । स्वदेशको विश्वविद्यालयले स्तरीय शिक्षा दिन नसकेको, समयमा परीक्षा हुन नसक्दा बढी समय लागेको र नेपालमा पढ्दै काम गर्दै गर्ने अवस्था ज्यादै कम भएकाले पनि युवाहरू विदेशमा अध्ययन गर्न जान बढी रुचाएका हुन् ।  यसलाई रोक्न विश्वविद्यालयको शैक्षिक क्यालेन्डर र अध्ययनअध्यापनको स्तर उकास्न जरुरी छ । प्रधानमन्त्रीले उपकुलपतिमा दलीय भागबन्डा नगर्ने बताए पनि व्यवहारत: त्यस्तो हुने सम्भावना कमै देखिन्छ । विश्वविद्यालय सुधार गर्न सक्ने नेतृत्व त्यहाँ आउने सम्भावना कम छ र आए पनि उसले काम गर्न सक्ने वातावरण पनि छैन ।  विदेश जाने प्रवृत्ति ठ्याक्कै रोक्न सकिँदैन तर सरकारले सही काम गरे अहिले जस्तो देशै रित्तिने गरी बाहिरिनेको संख्यामा केही कम ल्याउन सकिन्छ । तर, विदेश जानै पर्छ भन्ने मनोवृत्तिले सामाजिक रूप लिइसकेपछि गरिने सुधारले भने यसलाई कम गर्न सक्दैन । अझै समय बाँकी छ । तत्कालै केही आश लाग्दा काम भयो भने यो जमातलाई देशमा रोक्न वा विदेश गएकालाई फर्केर आउन प्रेरित गर्न सकिन्छ । यसका लागि सम्बद्ध सबैको गम्भीर ध्यान जानु पर्छ र त्यसअनुसार काम अघि बढ्नु पर्छ ।

कानुन बलियाको बिर्ता होइन, निर्धा भनिएकाहरूको कबज हो

अन्तरजातीय प्रेमलाई अपराधीकरण गर्दै साढे तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवालाई भीर पाखा, खोलानालामा लखेटीलखेटी हत्या गरिएको विषयले सर्वसाधारणको मुटु जसरी कमाएको थियो, जिल्ला अदालतको मंगलबारको फैसलाले न्यायप्रेमी सबैलाई न्यायिक राहत दिएको छ ।

कांग्रेस युवा सक्रियताः भूकम्प प्रभावित क्षेत्रमा सफल प्रयोग

यसपालि कांग्रेसको केन्द्रीय नेतृत्वले युवालाई भूकम्प पीडितको उद्धार, राहत र पुनःनिर्माणमा युवालाई अगाडि बढायो ।

कांग्रेस युवा सक्रियताः भूकम्प प्रभावित क्षेत्रमा सफल प्रयोग

यसपालि कांग्रेसको केन्द्रीय नेतृत्वले युवालाई भूकम्प पीडितको उद्धार, राहत र पुनःनिर्माणमा युवालाई अगाडि बढायो ।

मोरक्कोमा राज्य भन्दा युवा सक्रिय

मोरक्कोमा भूकम्पका कारण अवस्था धेरै नै बिग्रिएपछि युवा त्यसबाट उन्मुक्ति दिलाउन लागि परेका छन्। देशभर जम्मा भएका युवाको जमात अहिले सामाजिक सञ्जालको प्रयोग गर्दै राहत र सहयोग मागी रहेका छन्। यसरी लागेका अभियन्ताले लाखौँ फलोअरमार्फत देशभरका युवालाई जम्मा गरेर राहत जम्मा गर्ने काम गरिरहेका छन्। अहिले दूध, जाम र चामलको सहयोग गर्नेहरूको घुइँचो लागेको छ। […]

किसानका खसी ठग्ने नक्कली ‘क्याप्टेन’

कालिकोटका भीमबहादुर बोहरा किसान हुन् । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबाट कृषिसँग सम्बन्धित सामानहरु राहत दिन लागेको थाहा पाएर काठमाडौं आएका बोहोरालाई मंसिर २ मा एकजना अपरिचित युवकले टेलिफोन गरे । फोनमा ती युवाले भने–‘म सेनाको क्याप्टेन हुँ, तपाई खसीको व्यापार गर्नु हुँदो रहेछ, हामीलाई ब्यारेकमा हिमाली खसी चाहिएको छ तपाईंसँग भेटेर कुरा गर्छु ।’ मंसिर ९ गते बोहराले ती युवालाई भृकुटीमण्डपमा भेटे । उनी थिए सोलुखुम्बुको लिखु पिके गाउँपालिका–२ घर भएर अहिले थानकोट बस्ने

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालन

पाल्पा । तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र (ई–चौतारी) सञ्चालनमा ल्याएको छ । सो केन्द्रले ग्रामीण आर्थिक विकास संघ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पुर्‍याउने बताइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ । तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए । कार्यक्रम जीई किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण गर्न थालिएको बताए । ग्रामीण आर्थिक विकास संघ पाल्पा र जीई किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका ई–चौतारीले सेवा सञ्चालनमा ल्याएका छन् । रासस

हटेन अझै कोरियाको रोजगारीमा लागेको तगारो

१८ चैत, काठमाडौं । दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले गत बिहीबार कोरोना जोखिमको हिसाबले नेपाललाई ‘अति जोखिमयुक्त’ क्षेत्रको सूचीबाट ‘सर्भिलेन्स’ तहमा झार्‍यो । तर, यो कदमले पनि रोजगारीका लागि दक्षिण कोरिया जानबाट रोकिएका युवालाई राहत मिलेन । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाले ‘रेड जोन’बाट हटाएर विद्यार्थी र पारीवारिक भिसा खुलाए पनि ‘श्रमिक […]

विपन्नलाई राहत र रोजगारी

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण उद्योग कलकारखाना सबै बन्द छन् । जसले गर्दा काम गरेर खाने विपन्नको रोजीरोटी नै खोसिएको छ । काम गर्न नसक्ने अशक्त वृद्ध, विपन्नलाई राहतको अभावदेखि युवालाई रोजगारी अभावले लाखौँ नागरिक लकडाउनको मारमा परेका छन् । तर तातोपानी गाउँपालिकाले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै युवालाई रोजगारी र पहिचान गरी अतिविपन्नलाई राहत उपब्ध गराएको छ ।

‛विदेशबाट फर्किएकालाई १० लाख ऋण भूकम्प पीडितलाई बाँड्ने राहत जस्तो होइन′

सरकारले विदेशबाट फर्किएका युवालाई सहुलियतमा ऋण दिने भन्दै निवेदनका लागि आह्वान गरेको छ । वैदेशक रोजगार प्रवर्द्धन बोड सचिवालय नयाँ बानेश्वरमा गएर वा इमेलमार्फत पनि आवेदन दिन सकिन्छ । यो वर्षका लागि यही पुस अन्तिमसम्म आवेदन दिने म्याद तोकिएको छ । सहुलियत कर्जा अधिकतम १० लाख रुपैयाँसम्म पाइनेछ । विदेशबाट फर्किएका कस्ता ...