भारतीय नोट साट्ने नाममा सीमा क्षेत्रमा ठगिन्छन् नेपाली

२९ असोज, धनगढी । दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चहलपहल बढेको छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको जोलजीवी र बैतडीको झुलाघाटबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ । यी नाकाबाट पछिल्लो तीन हप्तामा ८ […]