राजस्व अनुसन्धान विभागले २४ व्यापारिक फर्मविरुद्ध १ अर्ब ७५ करोड रूपैयाँ कर छली गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन गरी ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी उनीहरूको नाममा कम्पनी खोलेर त्यस्ता कम्पनीबाट झूटो बीजक जारी गरी करछली गर्ने गरेको पनि जनाएको छ ।