आयआर्जनबाट ग्रामीण महिलाको परिवार व्यवस्थित

परम्परागत खेतीपाती र घरको काममा मात्रै सीमित हुने ग्रामीण क्षेत्रका महिलाले व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् । महिलाले घरमै बसेर कमाइ गर्न थालेपछि आर्थिक र परिवार दुवै व्यवस्थित हुन थालेका छन् । टीकापुर नगरपालिका–६, लक्षिनापुरकी रामकृष्णी चौधरी ठेलागाडामा फलफूल बेच्नुहुन्छ । घरनजिकै फलफूल बेचेर भएको आम्दानीबाट १२ कक्षा पढ्दै गरेकी छोरीको पढाइखर्च र घरखर्च चलेको छ । जमिनका नाममा घरबास मात्रै भएकाले उहाँले परिवारको खानाखर्च र छोरीको पढाइखर्च जुटाउनु पर्छ । “दैनिक एक हजारदेखि सिजनमा १० हजार रुपियाँसम्मको बिक्री हुने भएकाले परिवारको खर्च चलेको छ,” रामकृष्णी भन्नुहुन्छ, “मैले छोरीको पढाइ, घरखर्च कमाएर घर कुर्ने भएपछि श्रीमान् कहिले भारत त कहिले गाउँमै फर्केर मजदुरी गर्नुहुन्छ ।