दैलेख : हेर्दा भिरालो ठाउँ, ससाना टिन लगाएका माटो ढुंगाबाट बनेका घर, बस्तीको तलपट्टि सडकले खोतलेको ठाउँ। न आफ्नो नाममा जग्गा, न सुरक्षित बस्ने बस्ती। यो दृश्य दैलेखको नारायण नगरपालिका–१ र–६ मा पर्ने गणेश चौक नजिकै रहेको वादी बस्तीको हो। २० वर्षअघि देखि अव्यवस्थित तरिकाले यहाँ बस्दै आएका वादीलाई आफ्नो नाममा जग्गा बनाउने कुरा परको हो। उनीहरू हरेक बर्खामा निदाउन पाउँदैनन्।ज्याला मजदुरी गरी परिवारको गर्जो टार्दै आएका वादीलाई बर्खामा कसरी बाच्ने भन्ने चिन्ताले पिरोल्ने