गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ७१७ जनामा गरिएको नमूना परीक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ६३ महिला ४९ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।उनकाअनुसार कास्की ७०,बागलुङ ३, स्याङ्जा १२, म्याग्दी १, तनहुँ १० र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्र