गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा गरिएको नमूना परीक्षणमा ५७७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८७ महिला र २९० जना पुरुष रहेका छन् ।प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १९६, बागलुङ ६०, स्याङ्जा ८६, म्याग्दी ७, पर्वत ५, गोरखा ४९, लमजुङ