गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२८ महिला र ३५२ जना पुरुष रहेका छन् ।प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १९७, बागलुङ ८४, स्याङ्जा ६८, मुस्ताङ १,म्याग्दी १०, पर्वत ८८,गो