गण्डकी प्रदेशमा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७० जनामा गरिएको नमूना परीक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७४ महिला र ८३ जना पुरुष रहेका छन् । प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की ८५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ५, पर्वत २, गोरखा ९,लमजुङ १०, तनहुँमा १० र नवलपरासी पूर्वमा १