गण्डकीमा ५०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १८७ जनामा गरिएको नमूना परीक्षणमा ५०४ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये २४९ महिला र २५५ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की २६८ बागलुङ २५, स्याङ्जा ५५, म्याग्दी १९, पर्वत २,गोरखा ३३, लमजुङ ३९ तनहुँम