गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ जनामा गरिएको नमूना परीक्षणमा २३५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२३ महिला र १२२ जना पुरुष रहेका छन् । प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १४७, बागलुङ २, स्याङ्जा २८, म्याग्दी २, पर्वत २, लमजुङ १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा १६ जनाम