काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो ।एनएमबिले शुरु गरेको एआईमा आधारित भिडियो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो प्रयोग हो ।ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्दछन् ।एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गरेको जनाएको छ ।