एनएमबि बैंकले ल्यायो बैंकिङ जगतकै पहिलो एआईमा आधारित भिडियो केवाईसी

कात्तिक २८, काठमाडौं । एनएमबि बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोल्न सकिने योजना भिडियो केवाईसी ल्याएको छ । नेपाली बैंकिङ जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने एनएमबि पहिलो बैंक भएको पनि बैंकले जानकारी दिएको छ । बैंकले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अव ग्राहकहरुले एनएमवीमा भिडियो कल मार्फत अनलाइन नायँ खाता खोल्न यस डिजिटल सेवा प्रयोगगरेर आफ्नजो केवाईसी विवरणहरु पूरा/अपडेट गर्न सकिे बैंकले जानकारी दिएको छ  ।  बैंकले देशभरमा १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्स्टेन्सन काउण्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित सामग्री

एनएमबिको एआईमा आधारित भिडियो केवाईसी

काठमाडौं, १८ असोज (कास)ः एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ क्षेत्रमा पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको बताइएको छ ।ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नया खाताँ खोल्न यस डिजिटल […]