काठमाडौं (अस) । एनएमबि बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरण अपडेट गर्न सकिने योजना ल्याएको छ । योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबार जस्तै, दैनिक उपभोग्य वस्तु खरिद, विद्यालय शुल्क, टप अपलगायतमा २ हजार ५०० वा १० प्रतिशतसम्म छुट दिनेछ । एनएमबी बैंकको भिडियो कलमा आधारित भीकेवाईसी सेवामा ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिन्छ ।