एनएमबिको डिम्याट, मेरो शेयर र सिआरएन अनलाईनबाट नै सुविधा लिन मिल्ने

काठमाडौं, २ चैत्र । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो […]

सम्बन्धित सामग्री

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् ।   साथै, थ्री इन वान पोर्टलको दासबोर्डमा बैंकले सहज र सरल...

ब्रोकर १९ ले आफ्नै भवनबाट विराटगरमा थाल्यो शेयर कारोबार

नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (ब्रोकर १९) ले विराटनगर–७ स्थित मोतीराम टोलमा आधुनिक सुविधा सम्पन्न आफ्नै भवनबाट आइतबार देखि शेयर कारोबार थालेको छ।...

‘आइएमई पे’बाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने

काठमाडौं । आइएमई पेबाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने भएको छ । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरे बापतगर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने जनाइएको हो । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी […]

एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सुविधा दिने

एनएमबी बैंकले देश तथा विदेशमै बसेर डिम्याट, मेरो शेयर र सीआरएन सेवा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न र आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ ।ग्राहकहरूको लागि घरबाटै सहज ढंगले, पारदर्शी, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने यस योजनाको उद्देश्य रहेको बैंकको दाबी छ । साथै, बैंकले वातावरणमैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई पालना गर्ने बताएको छ ।एनएमबी बैंकले हालसम्म देशभर देशभर २०१ शाखा, १३९ एटीएम&n

सिडिएससीले मेरो शेयर प्रणालीमा थप्यो ‘माइ होल्डिङ’ सुविधा, कसरी गर्ने प्रयोग ?

काठमाडौँ / सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्व अवधि गणना सुविधा थप गरेको छ । सिडिएसीले साउन ३ गते आइतबार बेलुका

डिम्याट र मेरो शेयर खाता खोल्दै हुनुहुन्छ ? यसरी अनलाईनबाटै निःशुल्क खोल्नुहोस्

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने लिमिटेडले जनाएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईट www.nabilinvest.com.np मा गई अनलाई डिम्याट भित्र onlinede...

नबिल इन्भेष्टमेन्टले ल्यायो अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनु पर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

शेयर कारोबारमा कृत्रिम माग भएपछि टीएमएसमा प्रयोग विहीन बनाइयो एनओएन सुविधा

जेठ ३०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार प्रणाली (टीएमएस) मा रहेको अल अर नन (एओएन) सुविधालाई प्रयोग विहीन बनाएको छ ।  नेप्सेले खरीद आदेशमा भएको एओएन सुविधालाई आइतवारदेखि लागू हुने गरी प्रयोग गर्न नमिल्ने बनाएको जानकारी दिएको छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हाललाई विक्री आदेशतर्फको एओएन सुविधा कायमै राखी खरीद आदेशमा रहेको उक्त सुविधालाई भने प्रयोग गर्न नमिल्ने बनाइएको जानकारी दिएका छन् ।  गत बिहीवार नेपाल धितोपत्र बोर्डले कारोबारमा कृत्रिम माग सृजना भएको भन्दै उक्त सुविधा प्रयोग गर्न नमिल्ने बनाउन निर्देशन दिएको प्रवक्ता पराजुलीको भनाइ छ । ‘हाललाई अर्को सूचना जारी नभएसम्मका लागि प्रयोग गर्न नमिल्ने बनाइएको हो, टिएमएसबाटै हटाएको भने हैन’, उनले भने, ‘धितोपत्र बोर्डले फेरी प्रयोग गर्न मिल्ने बनाउन निर्देशन दिएमा उक्त सुविधा पुनः सुचारु हुनेछ ।’  धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पूर्ण अनलाईन कारोबार प्रणाली मार्फत लगानीकर्ता आफै कारोबारमा सहभागी भइरहेको अवस्थामा पछिल्लो समय कृत्रिम माग सृजना गरी चलखेल भएको गुनासो आएकाले बजारमा स्वच्छ कारोबारका लागि उक्त सुविधा हटाउन निर्देशन दिएको जानकारी दिए । लगानीकर्ताहरुले सुविधाको उपयोग गर्ने हो दुरुपयोग गर्ने हैन भन्दै उनले यस विषयमा थप छलफल गरी पुनः खुला गर्ने या नगर्ने विषयमा निर्णय गर्नेसमेत बताए । यो सुविधा हटाएर कारोबारमा कुनै असर नपर्ने विश्वास पनि अध्यक्ष ढुङ्गानाको छ । नेप्सेले विकास गरेको टिएमएसमा खरीद वा विक्री आदेश प्रविष्टि गर्दा एओएन सुविधा प्रयोग गरेमा सबै कित्ता शेयर कारोबार हुन्छ । आदेश दिएकोभन्दा कम शेयर कारोबार हुँदैन । अब भने आफ्नो खरीद आदेशभन्दा कम विक्री आदेश हुँदा पनि कारोबार गर्न सकिने व्यवस्था भएको छ । यो व्यवस्थाले कृत्रिम माग सृजना गरी मूल्यमा चलखेल हुने अवस्था नआउने कतिपयको भनाइ छ ।

कतार एयरवेजले गर्यो जेटब्लुसँग रणनीतिक कोड शेयर साझेदारी

दोहा –कतार एयरवेजले जेटब्लुसँग आफ्नो रणनीतिक कोड शेयर साझेदारीको विस्तार घोषणा गरेको छ । जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ । संयुक्त राज्य अमेरिका र दोहाबीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोड शेयर उडानहरूको लागि बिक्री सुरु भइसकेको छ ।कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी थियरी एन्टिनोरीले भने, ‘महामारीको बावजुद पनि कतार एयरवेजले आ