म्याग्दी : संरक्षण र प्रचारप्रसारको अभावमा म्याग्दीका रहेका तीन सय वर्षभन्दा पुराना देवल र प्राचीन सम्पदा नास हुँदै गएका छन्। सदरमुकाम बेनीलगायत म्याग्दीका ६ वटै स्थानीय तहमा रहेका धार्मिक तथा ऐतिहासिक महत्त्वका शिखरशैलीका देवल र प्राचीन सम्पदाको संरक्षण नहुँदा प्रचारप्रसार नहुँदा नासिँदै गएका हुन्।सदरमुकाम बेनीबजारमा रहेका तीनवटा ३०० वर्षभन्दा पुराना सम्पदाबारे नयाँ पुस्ता अनभिज्ञ रहेको स्थानीय प्रकाश श्रेष्ठले बताउँछन्। कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको द