काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सामुहिक रुपमा सम्पदा संरक्षणको काम अघि बढाएको बताएका छन्।
शनिवार लखतीर्थमा नेवा: पत्रकार राष्ट्रिय दबु येँ (काठमाडौं) जिल्लाको कार्यालय उद्घाटन गर्दै शाक्यले सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध रहेको बताएका हुन्। सम्पदा संरक्षण गर्ने नाममा नेवारहरुलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरु…