काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रेशम चौधरीलाई रिहा गर्नका लागि सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिएका छन्। डा. कोइरालाले सरकारले ल्याएको अध्यादेशले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको टिप्पणी गरेका छन्। अदालतले दोषी ठहर्याएका व्यक्तिलाई छुटाउनकै लागि कानुन बंग्याउने छुट कसैलाई नभएको कोइरालाको भनाइ छ। उनले सोमबार सामाजिक सञ्जालमार्फत […]