अप्रिलमा १४४ देशका करिब साढे २२ हजार पर्यटक नेपाल आए

काठमाडौं। कोरोना महामारीबीच गत मार्च महिनामा नेपालमा १४४ देशबाट २२,४५० जना पर्यटक नेपाल आएका छन्। अध्यागमन विभागका अनुसार नेपाल आएका पर्यटकमध्ये १७,५९४ पुरुष र ४,८१९ महिला छन्। नेपाल आएका ३७ जनाको पहिचान खुलेको छैन। सोही अवधिमा नेपालबाट १७,५७७ पर्यटक स्वदेश फर्केका छन्।

सम्बन्धित सामग्री

अप्रिलमा हवाईमार्गबाट ५८ हजार विदेशी

काठमाडौं । गत अप्रिलमा हवाईमार्गबाट ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक त्रिभुवन विमानस्थल नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसपालि अप्रिलको पर्यटक आगमन पोहोर अप्रिलको तुलनामा १५९ दशमलव ९ प्रतिशतले बढी हो । पोहोर अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । गत वर्ष अप्रिल अन्तिम साता कोरोना महामारीको दोस्रो लहर शुरू हुन थालेको थियो । मेको पहिलो साता (वैशाख तेस्रो हप्ता) त नेपाल सरकारले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको थियो । ओसेनिया क्षेत्रका पर्यटकको संख्या यसपालि सर्वाधिक बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक संख्या २ हजार ६४१ दशमलव ७ प्रतिशतले बढेको छ । पोहोर अप्रिलमा ती २ मुलुकबाट १०३ जनामात्र नेपाल आएकामा यसपालि बढेर २ हजार ८२४ पुगेको हो । कोरोना महामारी शुरू भएदेखि नै अस्ट्रेलियाले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण अस्ट्रेलिया आउजाउ सहज थिएन । ओसेनियापछि बढी पर्यटक संख्या बढ्नेमा यूरोपेली क्षेत्र परेको छ । यूरोपबाट पोहोर अप्रिलमा २ हजार ५९९ पर्यटक आएकामा यसपालि बढेर १६ हजार ३०० पुगेको छ । यो ५२७ दशमलव २ प्रतिशतको वृद्धि हो । अमेरिका र क्यानडाको आगमन १७२ दशमलव ९ प्रतिशतले बढेको छ । ती दुई मुलुकबाट पोहोर २ हजार ९२५ पर्यटक आएकामा यसपालि ७ हजार ९८२ जना आएका छन् । एशियाली मुलुकको पर्यटक आगमन भने ८१ दशमलव ६ प्रतिशतले बढेको छ । एशियाली मुलुकबाट पोहोर अप्रिलमा वर्ष १ हजार १७३ पर्यटक आएकामा यसपालि २ हजार १३० जना आएका छन् । सार्क क्षेत्रको आगमन ७९ दशमलव ५ प्रतिशतले बढेको छ । देशगत रूपमा सबैभन्दा बढी भारतीय आएका छन् । गत अप्रिलमा हवाईमार्गबाट नेपाल आउने भारतीयको संख्या २२ हजार ४७७ छ । दोस्रो नम्बरमा अमेरिकी छन् । उक्त अवधिमा ६ हजार ९५४ अमेरिकी नेपाल आएका छन् । तेस्रो नम्बरमा रहेको बेलायतबाट ५ हजार २५२ जना आएका छन् । चौथो र पाँचौं नम्बरमा क्रमश: अस्ट्रेलिया र जर्मनी छन् । अस्ट्रेलियाबाट २ हजार ७२६ र जर्मनीबाट २ हजार ९७ जना नेपाल आएको बोर्डले जनाएको छ । यसपालि अप्रिलको आगमनले कोरोना संक्रमण कम भएसँगै पर्यटन क्षेत्र लयमा फर्किन थालेको संकेत गरेको छ । कोरोना महामारीपूर्व सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । सन् २०२० अप्रिलमा भने १४ जना मात्रै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नेपाल पर्यटन तथ्यांक २०२० मा उल्लेख छ । सन् २०२० को अप्रिलमा भने कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दी गर्नुका साथै अन्तरराष्ट्रिय उडान रोकेको थियो ।

अप्रिलमा भित्रिए ५८ हजार ३४८ विदेशी पर्यटक

काठमाडौं । सन् २०२२ को अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ हजार ४ सय ५० जना पर्यटक नेपाल आएका थिए...

अप्रिलमा ५८ हजार ३४८ पर्यटक नेपाल आए

वैशाख १९, काठमाडौं । सन् २०२२ को अप्रिल महीनामा मात्रै विभिन्न देशबाट ५८ हजार ३४८ पर्यटक नेपाल घुम्न आएका छन् । जसमध्ये सवैभन्दा बढी सार्क मुलुकबाट पर्यटकहरु नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्षको अप्रिलमा १६० प्रतिशतले पर्यटक बढेका हुन् । सन् २०२१ को अप्रिलमा जम्मा २२ हजार ४५० जना पर्यटक नेपाल घुम्न आएका थिए  ।

ओमिक्रोनले पर्यटन थप प्रभावित

विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वमानव समुदाय पछिल्लो समयमा आएर ओमिक्रोन भेरियन्टका कारण झनै चिन्तित बन्न पुगेको छ । उसले हालसम्म विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । ओमिक्रोनले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । पछिल्लो समयमा विश्वका १९ भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको लक्षण देखा परेको छ । कोभिडको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनले प्रतिरक्षालाई कमजोर बनाउने र हालसम्मको भेरियन्टमा यो सबैभन्दा बढी संक्रामक तर कम खतरनाक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसले विश्वका विभिन्न क्षेत्रमा असर पुर्‍याएको छ । प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक हो । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रस्त बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन शुरू गरेका कारण पर्यटन व्यवसाय पुरानै अवस्थामा जाने हो कि भन्ने चिन्ता विश्वव्यापी रूपमा बढिरहेको छ । सन् २०२१ को ११ महीनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३ सय दुई जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९मा भने ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ । सन् २०२० को दोस्रो अन्तिम महीनामा १ हजार ९ सय ५६ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०२० मा कोरोनाका कारण लामो समय विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाएनन् । तथ्यांकअनुसार भारतबाट १० हजार ४ सय २१, बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा र कम जुन महीनामा नेपाल भित्रिएको देखिन्छ । यस्तै, जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे महीनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८ र अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी नेपाल भित्रिएका थिए । केही समयअगाडि सामान्य गति लिएको नेपाली पर्यटन क्षेत्र कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रस्त बन्न पुगेको छ । अब विश्वको पर्यटन पुरानै लयमा कहिले फर्कने होला भन्ने चिन्ता छाएको छ । नेपाल सरकारले विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको आगमनमा कडाइ गरेपछि नेपाली पर्यटन क्षेत्र सुस्ताएको हो । हाल जापान, इजरायल, अस्टेलिया, बेल्जियम, अस्टियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका कारण नेपाली पर्यटन बजार संकुचित बन्न पुगेको छ । हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसेथो, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै नेपाली पर्यटन क्षेत्रमा बादल मडारिएको देखिन्छ । संक्रमणको जोखिम भएको मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने सरकारको निर्णयले पनि बाह्य पर्यटन क्षेत्र प्रभावित भएको छ । आन्तरिक उडान प्रभावित भएका कारण विदेशी पर्यटक नेपालमा प्रवेश गर्ने क्रम शून्य भएको छ भने सरकारले अत्यावश्यक कामबाहेक नेपालीलाई पनि विदेश भ्रमणमा नजान आग्रह गरेको छ । हालसम्म ओमिक्रोनबाट दक्षिण अफ्रिका, यूरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् । दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक देखिएको यो भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले उक्त देशमा आवतजावतमा रोक लगाउन थालेका हुन् । ओमिक्रोन भेरियन्टका ५० भन्दा बढी म्युटेशन पाइएका छन् । यसमध्ये ३० ओटा स्पाइक प्रोटिनमा म्युटेशन भएको देखिन्छ । यसका कारण यो तीव्र संक्रामक बनेको हो । शुरूमा डेल्टा भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेशन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या भएको देखिएन । तर संक्रमण बढ्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउनु जरुरी देखिन्छ । यस कारण बन्दाबन्दीको अवस्था सृजना भएको छ र त्यसले मानिसको आवागमनमा समेत बाधा पुर्‍याएको छ । यसको गम्भीर असर नेपाली पर्यटन क्षेत्रमा पनि परेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्य्रएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्नका लागि हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिसहरू प्रभावित भएका छन् । लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् ।

पर्यटक आगमन ५२.४१% ले घट्यो

काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालसम्म कायमै छ । कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् । सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् । यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका (यूएसए) बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । एशियाका देशहरू चीन, जापान, मलेशिया, सिंगापुर, थाइल्यान्ड देशबाट जम्मा ९ हजार ८२५ पर्यटक आएका छन् । यीमध्ये चीनबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । सन् २०२१ मा चीनबाट जम्मा ६ हजार १९६ पर्यटक नेपालमा आएका छन् भने दक्षिण कोरियाबाट १ हजार २६३ जना पर्यटक नेपालमा आएका छन् । ताइवानबाट जम्मा ९१ जना पर्यटक नेपाल आएका छन् । नेपालमा आउने पर्यटकको संख्या भारतपछि चीनको धेरै हुने भए पनि कोरोना संक्रमणपछि भने चिनबाट आउने पर्यटकको संख्यामा कमी हुँदै आएको छ ।

११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन

काठमाडौं । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । नोभेम्बरमा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । सन् २०१९ को अक्टोबर र नोभेम्बरसँग तुलना गर्दा पर्यटक आगमन निकै कम छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए । यसरी पर्यटक आगमनको अवस्था हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेबु्रअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए । यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।      कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमन निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वव्यापी रुपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताए । हल्ला अनुसार कस्तो प्रभाव हुन्छ, अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । अहिले पनि जापान हिँडेका ११ नागरिक मलेसियामा गएर अड्किएको भन्दै उनले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमै सही सूचना प्रवाह गर्नुपर्नेमा बताए । ‘ओमिक्रोन भेरियन्टको हल्ला विश्वभर छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर अन्तरराष्ट्रिय उडान भने रोक्न हुँदैन,’ उनले भने । हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् । बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बरमा पर्यटक आगमन घट्ने चिन्ता बढेको बताए । नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रामक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहे पनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको उनको भनाइ छ । रासस

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण

मंसिर १६, काठमाडौं । सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । नोभेम्बर महीनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महीना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् ।  अक्टोबर महीनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको संख्या बढ्न सकेको छैन । बाह्य पर्यटक आगमनको पछिल्लो दुई महीनाको तथ्यांक हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको संख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महीनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ ।  पर्यटक आगमन बढेको भए पनि संख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । उनले भने, ‘पर्यटनले लय समातेको देखिन्छ तर संख्यात्मक रुपम कम नै हो । यस अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।’ सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक आगमनको औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महीनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महीनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए । यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांक छ ।  यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महीनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । रासस

पर्यटक आगमन सुधारोन्मुख

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण कायमै भए पनि सन् २०२१ को पर्यटकीय सिजन सेप्टेम्बर र अक्टोबर महीनामा पर्यटक आगमनमा झीनो सुधार देखिएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको महीनालाई पर्यटकीय सिजन मानिन्छ । यी २ महीनामा सन् २०२० को तुलनामा पर्यटक आगमनमा सुधार देखिएको हो । यी वर्षभन्दा अघिल्ला वर्षको तुलनामा भने यो संख्या अत्यन्त न्यून हो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीकै वर्षमा देखिएको कोरोना भाइरसका कारण पर्यटक आगमनमा देखिएको सुस्ती यो वर्षको सिजनसँगै झीनो सुधार देखिएको छ । सन् २०२० र सन् २०२१ भन्दा अघिल्ला वर्षको अक्टोबर महीनामा नेपालमा पर्यटक आउने संख्या करीब डेढ लाख हुँदै आएकोमा हालका वर्षमा भने आधा लाख पर्यटक पनि नेपाल आएका छैनन् । सन् २०१९ पछि पर्यटकीय सिजन अक्टोबर महीनामा नेपालमा आउने पर्यटकको संख्यामा सुधार देखिए पनि संख्यात्मक अवस्था भने अत्यन्त न्यून देखिएको हो । उक्त वर्षको अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आए पनि सन् २०२१ को अक्टोबरमा भने जम्मा २३ हजार २८४ नेपालमा आएका हुन् । सेप्टेम्बर महीनामा पनि पर्यटक आगमन गतवर्षको भन्दा सुधार देखिएको छ । सन् २०२१ को सेप्टेम्बरमा ९ हजार ८९८ पर्यटक नेपालमा आएका छन् । यसको अघिल्लो वर्ष यही महीनामा जम्मा ५८४ जना आएका थिए । यो वर्षको १० महीनामा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका छन् । सन् २०२० मा कुल २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । पर्यटकीय सिजन शुरू हुँदै गर्दा र सरकारले नेपाल भ्रमण खुला गरेसँगै पर्यटक आगमनमा सुधार हुन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार सन् २०२० को अक्टोबरमा भने जम्मा २ हजार २५ जना पर्यटक मात्रै नेपालमा आएका थिए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा सबैभन्दा बढी पर्यटक अघिल्लो महीना अर्थात् अक्टोबरमा नेपाल आएका छन् । कोरोना भाइरसको घट्दो संक्रमणदर, खोप लगाउने संख्यामा वृद्धि र पर्यटक आगमनका लागि सहज बनाएपछि पहिलो सिजन महीना अक्टोबरमा पर्यटक आगमनको संख्यामा सुधार देखिएको हो । बोर्डको तथ्यांकअनुसार यो महीनामा भारतीय पर्यटक नै धेरै आएका छन् । यस महीनामा भारतबाट ८ हजार ७३६ पर्यटक नेपालमा आएका छन् । भारतपछि चिनियाँ पर्यटक धेरै आउने भए पनि यो महीनामा भने अमेरिकाबाट आउने पर्यटक धेरै छन् । यस महीनामा अमेरिकाबाट ४ हजार ७११ पर्यटक नेपालमा आएका छन् । यसैगरी बेलायतबाट आउने पर्यटकको संख्या तेस्रो स्थानमा छ । यस देशबाट नेपालमा १ हजार ३८१ पर्यटक आएका छन् । बोर्डको तथ्यांकअनुुसार भारत, अमेरिका र बेलायतबाट नेपालमा आउने पर्यटकको संख्या अन्यको तुलनामा बढी छ । सार्क देश बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंकाबाट गरी कुल ९ हजार ४२० जना पर्यटक नेपालमा आएका छन् । यूरोपेली देशहरू बेलायत, पोल्यान्ड, नर्बेलगायत देशबाट कुल ५ हजार ४१९ जना पर्यटक आएका छन् भने क्यानडा र अमेरिका गरी २ देशकै पर्यटक आगमन संख्या उच्च छ । यी देशबाट कुल ५ हजार २७४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार जनवरीमा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा १ हजार ४६८, जुनमा १ हजार १४३, जुलाईमा २ हजार ९९१, अगस्टमा ५ हजार ९१७ पर्यटक नेपालमा आएका थिए ।

सात महिनामा ६१ हजार विदेशी आए

पर्यटन बोर्डका अनुसार सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये सबैभन्दा बढी अप्रिलमा २२ हजार ४५० जना आएका थिए। जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, मेमा १४ सय ६८, जुनमा ११ सय ४३ र जुलाईमा २९ सय ९१ जना विदेशी नेपाल आएका छन्।

अप्रिलमा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं : गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन्। अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांकअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन्। त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन्। विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारत...