अप्रिलमा हवाईमार्गबाट ५८ हजार विदेशी

काठमाडौं । गत अप्रिलमा हवाईमार्गबाट ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक त्रिभुवन विमानस्थल नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसपालि अप्रिलको पर्यटक आगमन पोहोर अप्रिलको तुलनामा १५९ दशमलव ९ प्रतिशतले बढी हो । पोहोर अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । गत वर्ष अप्रिल अन्तिम साता कोरोना महामारीको दोस्रो लहर शुरू हुन थालेको थियो । मेको पहिलो साता (वैशाख तेस्रो हप्ता) त नेपाल सरकारले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको थियो । ओसेनिया क्षेत्रका पर्यटकको संख्या यसपालि सर्वाधिक बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक संख्या २ हजार ६४१ दशमलव ७ प्रतिशतले बढेको छ । पोहोर अप्रिलमा ती २ मुलुकबाट १०३ जनामात्र नेपाल आएकामा यसपालि बढेर २ हजार ८२४ पुगेको हो । कोरोना महामारी शुरू भएदेखि नै अस्ट्रेलियाले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण अस्ट्रेलिया आउजाउ सहज थिएन । ओसेनियापछि बढी पर्यटक संख्या बढ्नेमा यूरोपेली क्षेत्र परेको छ । यूरोपबाट पोहोर अप्रिलमा २ हजार ५९९ पर्यटक आएकामा यसपालि बढेर १६ हजार ३०० पुगेको छ । यो ५२७ दशमलव २ प्रतिशतको वृद्धि हो । अमेरिका र क्यानडाको आगमन १७२ दशमलव ९ प्रतिशतले बढेको छ । ती दुई मुलुकबाट पोहोर २ हजार ९२५ पर्यटक आएकामा यसपालि ७ हजार ९८२ जना आएका छन् । एशियाली मुलुकको पर्यटक आगमन भने ८१ दशमलव ६ प्रतिशतले बढेको छ । एशियाली मुलुकबाट पोहोर अप्रिलमा वर्ष १ हजार १७३ पर्यटक आएकामा यसपालि २ हजार १३० जना आएका छन् । सार्क क्षेत्रको आगमन ७९ दशमलव ५ प्रतिशतले बढेको छ । देशगत रूपमा सबैभन्दा बढी भारतीय आएका छन् । गत अप्रिलमा हवाईमार्गबाट नेपाल आउने भारतीयको संख्या २२ हजार ४७७ छ । दोस्रो नम्बरमा अमेरिकी छन् । उक्त अवधिमा ६ हजार ९५४ अमेरिकी नेपाल आएका छन् । तेस्रो नम्बरमा रहेको बेलायतबाट ५ हजार २५२ जना आएका छन् । चौथो र पाँचौं नम्बरमा क्रमश: अस्ट्रेलिया र जर्मनी छन् । अस्ट्रेलियाबाट २ हजार ७२६ र जर्मनीबाट २ हजार ९७ जना नेपाल आएको बोर्डले जनाएको छ । यसपालि अप्रिलको आगमनले कोरोना संक्रमण कम भएसँगै पर्यटन क्षेत्र लयमा फर्किन थालेको संकेत गरेको छ । कोरोना महामारीपूर्व सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । सन् २०२० अप्रिलमा भने १४ जना मात्रै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नेपाल पर्यटन तथ्यांक २०२० मा उल्लेख छ । सन् २०२० को अप्रिलमा भने कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दी गर्नुका साथै अन्तरराष्ट्रिय उडान रोकेको थियो ।

सम्बन्धित सामग्री

एक वर्षमा ९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ […]

एक हजार ३० नेपाली विदेशी जेलमा

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना विदेशी जेलमा छन् । मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा सो संख्याका...

दैनिक दुई हजार विदेशी नेपाल आउँदै

काठमाडौं, चैत २९ । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको बताएका छन् । सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको […]

दश महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए

काठमाडौँ– सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् । अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी […]

दस महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए ।बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७

आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक भित्रिए

अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् ।

सात महिनामा ६१ हजार विदेशी आए

काठमाडौं, भदौ २ । कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा असर परेको छ। गत मार्च, अप्रिलमा केही संख्यामा विदेशी नेपाल भित्रिए पनि त्यसपछिका महिनामा आगमन निकै घटेको छ। अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन्। पर्यटन बोर्डका अनुसार सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक […]

७ महिनामा ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिए

विगत ७ महिनामा विभिन्न देशबाट गरी ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन विमानस्थल, अध्यागमन विभागका अनुसार गत जनवरी १ देखि जुलाई ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ६१ हजार ४९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २७.३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ४४ हजार ३६९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुँदै नेपाल आएका थिए । अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा मात्र २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।&

छ महिनामा ५८ हजार विदेशी पर्यटक  भित्रिए

काठमाडौं : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ। महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्। सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो। सन् २०२० को यही महिन

६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२