पर्यटक आगमन ५२.४१% ले घट्यो

काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालसम्म कायमै छ । कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् । सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् । यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका (यूएसए) बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । एशियाका देशहरू चीन, जापान, मलेशिया, सिंगापुर, थाइल्यान्ड देशबाट जम्मा ९ हजार ८२५ पर्यटक आएका छन् । यीमध्ये चीनबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । सन् २०२१ मा चीनबाट जम्मा ६ हजार १९६ पर्यटक नेपालमा आएका छन् भने दक्षिण कोरियाबाट १ हजार २६३ जना पर्यटक नेपालमा आएका छन् । ताइवानबाट जम्मा ९१ जना पर्यटक नेपाल आएका छन् । नेपालमा आउने पर्यटकको संख्या भारतपछि चीनको धेरै हुने भए पनि कोरोना संक्रमणपछि भने चिनबाट आउने पर्यटकको संख्यामा कमी हुँदै आएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनीमा भारतीय पर्यटक आगमन उच्च

बुटवल– लुम्बिनीमा भारतीय पर्यटकको आवागमन बढेको छ भने तेस्रो मुलुकका पर्यटक घटेका छन् । सन् २०१९ को सेप्टेम्बरमा लुम्बिनीमा ८ हजार ३ सय ४१ भारतीय पर्यटक आएका थिए । तर यो वर्षको सेप्टेम्बरमा भारतबाट १५ हजार ४ सय ८ पर्यटक लुम्बिनी भित्रिएका छन् । सेप्टेम्बरमा मात्र नभई २०२३ को नौ महिनालाई हेर्दा भारतीय पर्यटक आगमन […]

पर्यटक आगमन ९८ प्रतिशतले वृद्धि

देशको अर्थतन्त्रमै मन्दी छाइरहेका वेला विदेशी पर्यटक आगमनमा भने सुखद संकेत देखिएको छ । सन् २०२३ को पहिलो ६ महिनामा पर्यटक आगमन बढेर दोब्बर भएको छ । यो संख्या कोभिड महामारीपछिकै सबैभन्दा...

पर्यटक आगमन मासिक औसत साढे ४९ हजार नाघ्यो

१५ मंसिर, काठमाडौं । नेपालमा पर्यटक आगमन प्रतिमहिना औसत ४९ हजार ६५६ जना पुगेको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै जनाए अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यसअनुसार प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएको देखिन्छ । पछिल्लो ६ […]

पर्यटन बोर्डले सच्यायो पर्यटक आगमन तथ्यांक, अप्रिलमा आए ५८,३८४

१९ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ । अघिल्लो तथ्यांकमा भारतीय पर्यटक नजोडिएको भन्दै बोर्डले मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको […]

अप्रिलमा घट्यो पर्यटक आगमन, ३५ हजार मात्र आए

१९ वैशाख, काठमाडौं । सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ । मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् […]

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख

कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ ।  नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनाम

पर्यटक आगमन घटेको वर्ष पर्यटन आयमा सुधार

९ माघ, काठमाडौं । सन् २०२१ मा पर्यटक आगमनमा ठूलो गिरावट आयो । खासगरि सन् २०२० को पहिलो दुई बीना अवरोध पर्यटक आगमन भएको थियो । तर, सन् २०२१ मा भने शुरुवाती महिनाबाटै कोरोना भाइरसको महामारीले आगमन प्रभावित बनाएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ३४.९ प्रतिशत […]

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो पर्यटक आगमन

१८ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि आगमन बन्द गरिँदा ठप्पप्राय रहेको पर्यटक आगमन निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ ।  अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जुलाई २०२१ को एक महिनाको अवधिमा २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या भारतबाट हवाई मार्गबाट आएका यात्रु, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, […]