पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण

मंसिर १६, काठमाडौं । सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । नोभेम्बर महीनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महीना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् ।  अक्टोबर महीनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको संख्या बढ्न सकेको छैन । बाह्य पर्यटक आगमनको पछिल्लो दुई महीनाको तथ्यांक हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको संख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महीनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ ।  पर्यटक आगमन बढेको भए पनि संख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । उनले भने, ‘पर्यटनले लय समातेको देखिन्छ तर संख्यात्मक रुपम कम नै हो । यस अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।’ सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक आगमनको औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महीनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महीनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए । यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांक छ ।  यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महीनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । रासस

सम्बन्धित सामग्री

सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

श्रीलङ्काले आउँदो वर्ष झण्डै १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्तै, सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटनमन्त्री हरिन फर्नान्डोलाई उद्धृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ । आर्थिक रुपमा धरासायी बनेको श्रीलङ्कामा पछिल्लो केही महिना पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री फर्नान्डोले बताउनुभएको छ । अहिले श्रीलङ्कामा महिनाको ३० देखि ६० हजार जनासम्म विदेशी पर्यटक पुगिरहेका छन् । पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो । तर कोरोना महामारी र देशमा चलिरहेको राजनीतिक ...

बढ्यो पर्यटकीय गतिविधि

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकाम

पर्यटक आगमनः आठ महिनामा ३ लाख २६ हजार

‘पर्यटनमा सुधारका संकेत यो वर्षको सुरुदेखि नै देखिएको थियो। त्यो गति अझै पनि निरन्तर छ। कहिले काही आगमन अनुपात तलमाथि भइरहन्छ,’ लामिछानेले भने, ‘छोटो समयमा अपेक्षा गरेभन्दा बढी विदेशी पाहुना भित्रिएका छन्। अब पर्यटक भित्रिने सिजन सुरु भएकोले आगामी महिनाको...

आठ महिनामा भित्रिए तीन लाख २६ बढी विदेशी पर्यटक

काठमाडौँ । कोभिड-१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउँछ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो […]

८ महिनामा पर्यटक आगमन ३ लाख नाघ्यो

सन् २०२२ को जनवरीदेखि अगष्ट महिनासम्म कुल ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल आएका छन् ।

विदेशी पर्यटक बढ्दा भ्रमण आयमा सुधार

२७ असार, काठमाडौं । नेपालमा पर्यटक आगमनमा सुधार भएसँगै सेवा क्षेत्रतर्फको भ्रमण आय बढ्न थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो ६ महिनामा २ लाख ३७ हजार भन्दा बढी पर्यटक आएका छन् । यसले चालु आर्थिक वर्षको भ्रमण आयमा सुधार ल्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । जेठ मसान्तसम्म नेपालले भ्रमण आय २५ […]

पर्यटक आगमनमा उत्साहजनक सुधार

सन् २०२२ को पहिलो महिना जनवरीदेखि नै सुरु भएको पर्यटक आगमनदर वृद्धिले अप्रिल महिनामा पनि निरन्तरता पाएको छ । गएको जनवरीमा करिब १७ हजार विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणका लागि आएकोमा अप्रिलमा यो संख्या ५८ हजार नाघेको छ ।पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटक नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक […]

पर्यटक आगमनमा सुधार

सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्ममा १ लाख २६ हजार २ सय ८३ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो ११ महिनामा नेपालमा २६ हजार १ सय ३५ पर्यटक आएका छन् । अघिल्लो महिना अक्टोबरमा २३ हजार २ सय ८४ जनाले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ कै सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जनाले […]

पर्यटक आगमनमा सुधार हुँदै

सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म १ लाख १ सय ४८ पर्यटक नेपाल भित्रिएका छन् ।पछिल्लो १० महिना अर्थात अक्टोबरसम्ममा नेपालमा २३ हजार २ सय ८४ जनाले नेपाल भ्रमण गरेका छन् । यो तथ्यांकसँगै नेपाल भ्रमण गर्ने पर्यटक आगमनमा आंशिक सुधार भएको हो । सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जनाले भ्रमण गरेका थिए । […]

दुई महिनामा १८ हजार पर्यटक भित्रिए

कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको छ । अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् । सन् २०२० भर भने २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।