ओमिक्रोनले पर्यटन थप प्रभावित

विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वमानव समुदाय पछिल्लो समयमा आएर ओमिक्रोन भेरियन्टका कारण झनै चिन्तित बन्न पुगेको छ । उसले हालसम्म विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । ओमिक्रोनले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । पछिल्लो समयमा विश्वका १९ भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको लक्षण देखा परेको छ । कोभिडको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनले प्रतिरक्षालाई कमजोर बनाउने र हालसम्मको भेरियन्टमा यो सबैभन्दा बढी संक्रामक तर कम खतरनाक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसले विश्वका विभिन्न क्षेत्रमा असर पुर्‍याएको छ । प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक हो । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रस्त बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन शुरू गरेका कारण पर्यटन व्यवसाय पुरानै अवस्थामा जाने हो कि भन्ने चिन्ता विश्वव्यापी रूपमा बढिरहेको छ । सन् २०२१ को ११ महीनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३ सय दुई जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९मा भने ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ । सन् २०२० को दोस्रो अन्तिम महीनामा १ हजार ९ सय ५६ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०२० मा कोरोनाका कारण लामो समय विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाएनन् । तथ्यांकअनुसार भारतबाट १० हजार ४ सय २१, बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा र कम जुन महीनामा नेपाल भित्रिएको देखिन्छ । यस्तै, जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे महीनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८ र अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी नेपाल भित्रिएका थिए । केही समयअगाडि सामान्य गति लिएको नेपाली पर्यटन क्षेत्र कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रस्त बन्न पुगेको छ । अब विश्वको पर्यटन पुरानै लयमा कहिले फर्कने होला भन्ने चिन्ता छाएको छ । नेपाल सरकारले विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको आगमनमा कडाइ गरेपछि नेपाली पर्यटन क्षेत्र सुस्ताएको हो । हाल जापान, इजरायल, अस्टेलिया, बेल्जियम, अस्टियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका कारण नेपाली पर्यटन बजार संकुचित बन्न पुगेको छ । हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसेथो, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै नेपाली पर्यटन क्षेत्रमा बादल मडारिएको देखिन्छ । संक्रमणको जोखिम भएको मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने सरकारको निर्णयले पनि बाह्य पर्यटन क्षेत्र प्रभावित भएको छ । आन्तरिक उडान प्रभावित भएका कारण विदेशी पर्यटक नेपालमा प्रवेश गर्ने क्रम शून्य भएको छ भने सरकारले अत्यावश्यक कामबाहेक नेपालीलाई पनि विदेश भ्रमणमा नजान आग्रह गरेको छ । हालसम्म ओमिक्रोनबाट दक्षिण अफ्रिका, यूरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् । दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक देखिएको यो भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले उक्त देशमा आवतजावतमा रोक लगाउन थालेका हुन् । ओमिक्रोन भेरियन्टका ५० भन्दा बढी म्युटेशन पाइएका छन् । यसमध्ये ३० ओटा स्पाइक प्रोटिनमा म्युटेशन भएको देखिन्छ । यसका कारण यो तीव्र संक्रामक बनेको हो । शुरूमा डेल्टा भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेशन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या भएको देखिएन । तर संक्रमण बढ्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउनु जरुरी देखिन्छ । यस कारण बन्दाबन्दीको अवस्था सृजना भएको छ र त्यसले मानिसको आवागमनमा समेत बाधा पुर्‍याएको छ । यसको गम्भीर असर नेपाली पर्यटन क्षेत्रमा पनि परेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्य्रएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्नका लागि हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिसहरू प्रभावित भएका छन् । लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

कोभिडबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सहकार्य हुन्छ : श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताए।काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौंका स्थानीय सरकारहरुको सहयोग आवश्यक रहेको बताए।उनले विश्व

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

१२ असोज, काठमाडौं । पर्यटन व्यवसयाीहरुले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई भेटेर व्यवसायीहरुले महामारी पछि सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रका विशेष प्याकेजको आवश्यकता रहेको बताएका हुन् । मन्त्रीसँगको भेटमा धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा […]

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेक...

कोरोना अति प्रभावित पर्यटन क्षेत्रलाई थप हर्जना नलगाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना वा पेनाल ब्याज नलगाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकले एक निर्देशिका जारी गर्दै कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको असरको मूल्याङ्कन गरिएको जनाएको छ। सोही मूल्याङ्कनअनुसार २०७९ असार मसान्तसम्म भुक्तान […]

पर्यटन व्यवसायी र मजदुरलाई कोरोनाको खोपका साथै राहत प्याकेज घोषणा

काठमाडौँ। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।नवनियुक्त मन्त्री शर्माले कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन व्यवसायीका लागि एक करोड रुपैयाँको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् । नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन व्यवसायीका लागि रु […]

बाढी प्रभावित पर्यटन व्यवसायीलाई टानको राहात

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गतका बाढी पीडित पर्यटन व्यवसायीहरुलाई पर्यटन क्षेत्रमा काम गर्दै आएको ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल (टान) ले राहात वितरण गरेको छ । गत मंगलबार आएको बाढीका कारण प्रभावित अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङदी गाउँपालिका भित्रका पर्यटन व्यवसायीलाई टानले खाद्यान्नसहित आवश्यक राहात सामग्री उपलब्ध गराएको हो । कोरोना संक्रमणको जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण मर्काम परेका […]

पर्यटन मजदुरलाई किपको राहत

काठमाडौं इन्भाईरोन्मेन्टल एजुकेसन प्रोजेक्ट (किप) ले कोरोना महामारीका कारण प्रभावित पर्यटन मजदुरलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ।

पदयात्रा तथा पर्यटन उद्योगलाई जोगाउन माग

टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई जोगाउन माग गरेको छ ।      सङ्घका तर्फबाट अध्यक्ष सुशीलराज पौडेलले आज एक विज्ञप्ति जारी गरी कोरोनाबाट पर्यटन उद्योग सबैभन्दा प्रभावित भएको भन्दै ‘पर्यटन सङ्कट वर्ष’ घोषणा गरी पदयात्रा तथा पर्यटन उद्योगका लागि आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत कोभिड विशेष पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको छ ।     कोरोनाको पह...