अप्रिलमा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं : गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन्। अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांकअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन्। त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन्। विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारत...

सम्बन्धित सामग्री

फेब्रुवरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा […]

एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । आइतबारदेखि बिदा भएको अंग्रेजी नयाँ वर्ष सन् २०२३ को एक वर्षको अवधिमा झन्डै १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोही कारण विदेशी पर्यटक आगमनका दृष्टिले सन् २०२३ नेपालका लागि एकदमै उत्साहजनक बन्यो । सन् २०२३ को डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल […] The post एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डिसेम्बरमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए

पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्‍याएको छ।...

डिसेम्बरमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए

पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्‍याएको छ।...

७ महिनामा ३ लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ- सन् २०२२ को सात महिनामा झन्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् […]

पाँच महिनामा दुई लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ – पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन्। पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन्। सोही अवधिमा […]

पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै, जनवरीमा १६ हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै छ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र बिस्तारै चलायमान […]

जुलाई महीनामा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

साउन १९, काठमाडौं । सन् २०२१ को जुलाई महीनामा करीब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महीनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रिन थालेका हुन । गत जुन महीनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । विभागका अनुसार जुलाई महीनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका  छन् । सो अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् ।  पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रिनेभन्दा बाहिरिने विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक  पछिल्लो एक महीनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन् । भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महीनामा बंगलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलंकाबाट तीन पर्यटक नेपाल आएका छन् ।  यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् । २५ हजार नेपाली स्वदेश फर्किए अध्यागमन विभागका अनुसार गत जुलाई महीनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् ।  सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कुल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् । गत जुन महीनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए । रासस

७ महिनामा ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिए

विगत ७ महिनामा विभिन्न देशबाट गरी ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन विमानस्थल, अध्यागमन विभागका अनुसार गत जनवरी १ देखि जुलाई ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ६१ हजार ४९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २७.३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ४४ हजार ३६९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुँदै नेपाल आएका थिए । अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा मात्र २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।&

निषेधाज्ञाकै बेला १५ सय विदेशी पर्यटक नेपाल भित्रिए

निषेधाज्ञाकै बीच मे महिनामा मात्रै झण्डै १५ सयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) काअनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट अधिकतम १ हजार ४६८ जना विदेशीहरु नेपाल प्रवेश गरेका हुन् । जसमध्ये दक्षिण एशियाली मुलुकहरूबाट अधिकतम ६०२ जना नेपाल आएका छन् भने अन्य एसियन मुलुकहरूबाट ११३ जना, युरोपियन मुलुकहरूबाट २४२ जना र सामुन्द्रिक (ओसियन) मुलुकहरूबाट ८ जना विदेशीहरु नेपाल आएका छन् । यसबाहेक सो समयमा अन्य मुलुकहरूबाट