काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरू छिट्टै फेरिने बताएका छन्।समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले ६ महिनाको समय दिएर आफ्नो पार्टीले मन्त्री पठाएको बताए।'केहीले सार्वजनिक रूपमै भनिसकेकन छन्। हामी नयाँ मन्त्री पठाइसकेका छौँ। प्रधानमन्त्री र माओवादीका साथीहरू पनि आफ्नो पार्टीमा समस्या आएको कारण केही समय रोकिएको हो', उनले बताए।पार्टीले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरिसकेको छ