काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन्। सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको हो।
पौडेललाई गृहजिल्ला तनहुँ २ मा उम्मेदवार बनाउने तयारी भइरहेको भए पनि उनलाई कांग्रेसले काठमाडौँ ५ मा उम्मेदवार बनाएको हो।