काठमाडौं : काठमाडौं–५ को प्रतिनिधिसभा निर्वाचन रोचक बन्दैछ। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन्। २०५६ सालदेखि काठमाडौंमा ५ मा निर्वाचन लड्दै आएका पोखरेल तेस्रो जितको खोजीमा छन् भने प्रतिनिधिसभामा पहिलोपटक निर्वाचनमा होमिएका पौडेल गठबन्धनको आडमा संसदको ढोका खोल्ने दाउमा छन्। पोखरेलले २०५६ मा पहिलोपटक चुनाव जितेपनि २०६५ र ०७० सालको निर्वाचनमा हार व्यहोरे। उनी नेपाली कांग्रेसका नेता नरहरी आच