१६ कम्पनीको ५ करोड ८८ लाख कित्ता आईपीओ निष्कासनको प्रक्रियामा

बोर्डका अनुसार ती कम्पनीको ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५ सय रुपैयाँबराबरको ५ करोड ८८ लाख ५० हजार १ सय ८५ कित्ता आईपीओ निष्कासनको प्रक्रियामा छ

सम्बन्धित सामग्री

भगवती हाइड्रोपावरले मंगलवारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोलि (मंगलवार)देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आईपीओ विक्री गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाइ छ । यीबाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरी ७ लाख १२ हजार २२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा भदौ ८ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १९ गतेसम्म विक्री अवधि तोकिएको छ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमा नै बिक्दै आएको अवस्थालाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधि भदौ ८ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।  कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने  केयर एनपि त्रीपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुर खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रुपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ २३ पैसा छ ।

मेन्छियाम हाईड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणमा ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।  जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । बाँकी शेयरमध्ये २२ हजार ४३९ कित्ता कर्मचारीहरूलाई र ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागिएको हो ।  लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन शुरू गरेको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

मेन्छियाम हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा विक्री गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गरेको थियो ।  फागुन १० गतेदेखि २५ गतेसम्म विक्री गरिएको उक्त आईपीओ रितपूर्वक आवेदन दिने आवेदकहरूलाई चैत ७ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । स्थानीयमा जारी भएको आईपीओ आजसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ ।  कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ । कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यीबाहेकका संखुवासभाका बासिन्दाहरूमा विक्री हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । स्थानीय वासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं.७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले संखुवासभामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परीक्षण उत्पादन शुरु भएको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ छ ।  अधिकृत पूँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ कायम हुनेछ ।  आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६४ वर्ष छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.३६ वर्ष छ । आयोजनाको विद्युत् उत्पादन अनुमति २८ वर्ष बाँकी छ ।

दोल्ती पावर कम्पनीको आईपीओ विक्री खुला, क - कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज अर्थात् फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स। मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर सुरक्षित गरिएको छ। यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ विक्री बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गतेसम्म हुनेछ। त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ। आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्  । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि - आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% बढ्यो

माघ ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ८१ लाख ६५ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ६ करोड ४२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा भने कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ६ट लाख २४ हजार रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ४२ लाख मा झरेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडामा रू. १५ करोड २८ लाख २९ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १ करोड ९२ लाख सापटी लिएर, रू. १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको हो । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासनको तयारीमा रहेको मानुषी लघुवित्तले उठायो २ करोड ३३ लाख खराब कर्जा

साउन १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ लाख ९४ हजार खराब कर्जा उठाएको थियो ।  नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा ९२ प्रतिशतले कमि आएको छ ।  अघिल्लो आवमा रू. १ करोड २१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवमा भने रू. ४ लाख ७९ हजारमा सीमित भएको हो । कम्पनीले सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ ।सोही कारण सञ्चालन नाफा ऋणात्मक भई नाफा घटेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ६९ लाख २२ हजार छट्याएको थियो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले ३ लाख ९३ हजार कित्ता ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत पाइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू.२ करोड ६५ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २५ करोड ६६ लाख ८० हजार सापटि लिएर, रू. ५५ करोड २३ लाख ९ हजार निक्षेपक संकलन गरेर रू. ७९ करोड ३७ लाख २२ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी  अघिल्लो आवको तुलनामा गत आवमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ५ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ७ करोड २८ लाख ४५ हजार पुर्‍याएको छ ।

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका

तीन लघुवित्तसहित १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै

काठमाडौं । तीन लघुवित्तसहित विभिन्न क्षेत्रका १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आईपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डको वैशाख ३१ गतेसम्मको विवरण अनुसार १६ कम्पनीको ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ९६ लाख...