आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% बढ्यो

माघ ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ८१ लाख ६५ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ६ करोड ४२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा भने कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ६ट लाख २४ हजार रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ४२ लाख मा झरेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडामा रू. १५ करोड २८ लाख २९ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १ करोड ९२ लाख सापटी लिएर, रू. १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको हो । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 

सम्बन्धित सामग्री

सिवाईसी नेपालको आईपीओ बाँडफाँड, २१ लाख ६५ हजार आवेदकहरुको हात खाली

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँड भएको छ ।  विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, अधिकतम २१ लाख ६५ हजार ४१३ जना आवेदकहरुको हात खाली हुन पुगेको छ । कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी प

२०७८ सालमा ३ करोड २० लाख कित्ता आईपीओ निष्कासन

वैशाख ३, काठमाडौं । विसं २०७८ सालमा ११ ओटा कम्पनीका कुल ३ करोड २० लाख ७८ हजार ५४० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आएको छ । छ ओटा हाइड्रोपावर कम्पनी,चार  ओटा लघुवित्त कम्पनी र एउटा लगानी समूहका कम्पनीले आईपीओ निष्कासन गरेका हुन् ।  ११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी साहस उर्जा कम्पनीले १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त शेयर स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्कासन गरेको छ । त्यसैगरी दोस्रोमा ग्रीन भेञ्चर्स लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त  कम्पनीले पनि स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । ती कम्पनीमध्ये रिभर फल्स पावर लिमिटेडले गत चैत २७ गते पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयमा जारी पूँजी रू.७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।  स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्।  उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । विगतका वर्षहरुमा भन्दा यस वर्ष चाहि कम कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । बीचको सम यमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन भएकाले नयाँ कम्पनीले आईपीओ निष्कासन प्रक्रियाको स्वीकृती पाउन ढिला हुँदा अघिल्लो वर्षभन्दा गत वर्ष २०७८ सालमा कम कम्पनीले आईपीओ निष्कासन गरेका हुन् । २०७८ सालमा आईपीओ निष्कासन गर्न अनुमति पाएका ११ ओटा कम्पनीहरु :   स्रोत : नेपाल धितोपत्र बोर्ड  दुई ओटा कम्पनीको आईपीओ हाल निष्कासनमा  त्यसो त स्वीकृती पाएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेदेखि आईपीओ निष्कासन भएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये ६ हजार २ कित्ता कर्मचारीको लागि,१९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख ६ गतेसम्म रहेको छ । सो समय अवधिमा आईपीओ विक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफट्वेयरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी विन्ध्यबासिनी हाइड्रोपावर वेशाख ११ गतेदेखि स्थानीय बासिन्दाका लागि निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख कित्ता आईपीओ निष्कानस गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख २५ रहेको छ । सो अवधिमा सम्पूर्ण शेयर विक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन पाइने छ । उता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको दोर्दी खोला जलविद्युत् कम्पनीले भने शुक्रवारसम्म मिति तय गरेको छैन ।

सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरले पाए आईपीओ विक्री गर्न  अनुमति

चैत १०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।  नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्री गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र रिभर फल्स पावरले रू. ३४ करोड ३० हजार बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्नेछ ।  रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा ४९ प्रतिशत शेयर विक्री गर्नेछ भने सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर विक्री गर्नेछ ।  सिवाईसी नेपाल लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   सिवाईसी नेपाल लघुवित्तको हाल चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने रिभर फल्स पावरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी रहेको छ । सीवाईसी नेपालको केन्द्रीय कार्यालय बाग्लुंग - ३ बाग्लुंग बजार रहेको छ भने रिभर फल्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं रहेको छ ।

७ ओटा लघुवित्तले २३ करोड बढीको आईपीओ निष्कासन गर्दै, कुन कुन कम्पनीको आउँदै ?

फागुन ९, काठमाडौं । ७ ओटा लघुवित्त वित्तीय कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । यी ७ कम्पनीले कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । ७ ओटा कम्पनीमध्ये तीन कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् । बाँकी ४ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका छन् । अभियान लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर  लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका हुन् । यी ४ ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । ७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्था ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रियामा रहेको हो । त्यसैगरी, दोस्रोमा सिवाइसी नेपाल लघुवित्त ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यी ७ कम्पनीमध्ये सबैभन्दा कम आर्दश लघुवित्तले ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढेको पाइन्छ । छोटो समयमानै शेयर सूचीकृत भएर छोटो समयमानै लगानीकर्ताले आकर्षक प्रतिफल पाउने भएकाले आकर्षण बढेको देखिन्छ । जसको उदाहरणमा केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थालाई लिन सकिन्छ । कम्पनीको आईपीओ एक महीना नपुग्दै रू. १ हजारको लगानी ५५ हजारसम्म पुगेको थियो । यसले गर्दा पनि लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण धेरै रहेको देखिन्छ ।                                                          स्रोत : नेपाल धितोपत्र बोर्ड र विभिन्न कम्पनीहरु

सिवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, १५ असोज । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९५ लाख ३३ हजार बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त रकम बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि धितो पत्र बोर्डमा असोज ११ गते निवेदन दिएको हो । आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड […]

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

असोज १४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ५० % ले वृद्धि

साउन २४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ५ करोड १८ लाख २५ हजार कमाएको छ ।  गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफामा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छ्ट्याएका कारण सञ्चालन नाफा ऋणात्मक रहेको छ ।  कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको छ । चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडा कोषमा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढाएको हो ।  कम्पनीले ३ लाख ९५ हजार ३३५ दशमलव ९७ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । सो सम्बन्धमा लघुवित्त र क्यापिटल बीच आईपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।  आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।