जाल्पा लघुवित्तको आईपीओ : पहिलो दिनमै मागभन्दा करीब १५ गुणा बढी आवेदन, छिटो अवधिमै विक्री बन्द हुने

माघ २२, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा करीब १५ गुणा बढी आवेदन परेको छ ।  प्राथमिक बजारमा तीन महीनापछि आईपीओ निष्कासनले निरन्तरता पाएको हो । गत कात्तिकमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको थिएन । लामो समयपछि निष्कासनमा आएको आईपीओ खरीदमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । उक्त कम्पनीको आईपीओमा पहिलो दिन ५ लाख ८१ हजार ४९८ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बताएको छ । ती आवेदकहरुबाट ७२ लाख ६५ हजार ४६० कित्ताको आईपीओ खरीद माग भएको पनि उसले बताएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि अर्थात् माघ २५ गतेसम्म मात्र विक्रीमा रहनेछ ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । पछिल्लो समय एकै पटक माघ ९ गते ६ ओटा कम्पनीहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएका छन् ।  बोर्डले एकै पटक जाल्पा सामुदायिक लघवित्तसँगै बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थ, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो । स्वीकृति पाएका ६ कम्पनीहरुमध्ये जाल्पा सामुदायिक लघुवित्तले सबैभन्दा पहिला आईपीओ निष्कासन गरेको हो ।  जाल्पावाहेक इमर्जिङ्ग नेपाल लिमिटेड र बलेफी हाइड्रोपावरले आईपीओ निष्कासनको मिति तय गरिसकेका छन् । इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि सर्वसाधारणका लागि र बलेफी हाइड्रोपावरले पहिलो चरणमा माघ २७ गतेदेखि आयोजना प्रभावित स्थायिनमा आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्कासनको स्वीकृति पाईसकेका ग्रीन भेन्चरस् लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले भने यो समाचार तयार गर्दासम्म सार्वजनिक निष्कासनको मिति तय गरेका छैनन् ।  (कम्पनीको आईपीओ विश्लेषण हेर्न YouTube/newbusinessage लगअन गर्नुहोस् ।)

सम्बन्धित सामग्री

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने कुल पाँच लाख ५७ हजार ७०१ जनाले आईपीओ प्राप्त गरेका छन् । जसमा १० देखि ७० कित्तासम्म आवेदन दिने सम्पूर्णले आईपीओ पाएका छन् । ८० देखि ३० […]

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।...

सिटी होटलको आईपीओ खुल्यो

२५ वैशाख, काठमाडौं । सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ […]

मेन्छियाम हाइड्रोपावरले आईपीओ खुल्दै

काठमाडौं– मेन्छियाम हाइड्रोपावरले आगामी ४ वैशाखदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । यो कम्पनीको एक लाख ६९ हजार ७६० कित्ता आईपीओ दुई लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् । तीमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

२८ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । आईपीओ निष्कासनका लागि नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले सर्वसाधारणका लागि ११ फागुनदेखि १५ फागुनसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६९ हजार ७६५ कित्ता […]

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । यो कम्पनीको आईपीओ दुई लाख २६ हजार ४६५ जनाले २२ लाख ६४ हजार ६५५ कित्ता प्राप्त गरेका हुन् । आईपीओ प्राप्त गर्नेमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, माघ ७। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

सामलिङ पावरको आईपीओ आजदेखि

सामलिङ्ग पावर कम्पनीले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।यसअघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख […]