रिडी पावरको ४० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिडी पावर कम्पनी लिमिटेडको बोनस शेयर बिहीवार सूचीकृत भएको छ । कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सम्बन्धित सामग्री

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र ङादी ग्रुप पावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २ लाख ३० हजार ८२ कित्ता र ङादी ग्रुप पावरको ८ लाख ३९ हजार ४८२ दशमलव २२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । ङादी ग्रुप पावरले फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सच्नेज नेप्सेमा आज मंगलबार ३ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ ।  आज नेपाल टेलिकमको २० प्रतिशतले हुन आउने ३ करोड कित्ता बोनस शेयर सुचिकृत भएको हो । कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस सुचिकृत भएको हो ।  शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गरेको हो । टेलिकमले पहिलो पटक बोनस शेयर दिएको हो ।

नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

चैत १६, काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस सूचीकृत गराएको हो ।

मञ्जुश्री फाइनान्सको ४०% बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा

चैत १५, काठमाडौं । मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । कम्पनीले चैत ११ गते ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो । कम्पनीले गत पुस २९ गते सम्पन्न १४ वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।  यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चरको बोनस शेयर सूचीकृत

चैत ११, काठमाडौं । शुक्रवार नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो । मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरले पनि पुस २९ गतनै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

इतिहासमै पहिलो पटक बोनस शेयर दिदै नेपाल टेलिकम

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ ।  फागुन ३० गते बसेको टेलिकमको सञ्चालकको समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत लाभांश दिने भएको प्रस्ताव गरेको हो ।  उक्त बैठकले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस गरी जम्मा ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ...

जनउत्थान लघुवित्तका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

कात्तिक २३, काठमाडौं ।  जनउत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ ।  कम्पनीले गत वैशाख ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित गरेको ४९ दशमलव ४० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  कम्पनीले कात्तिक १७ गते देखिनै बोसन शेयर बोनस शेयर हितग्राही खातामा पठाएको  बताएको छ । साथै कम्पनीले भौतिक शेयर धारण गरेका शेयरधनीहरुले अभौतिकरण भएपछि मात्र स्वतः शेयरधनीको खातामा जम्मा गर्ने बताएको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रभु क्यापिटल अब १ अर्बको कम्पनी, ४० प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका सा

आइएमई जनरल इन्स्योरेन्सको सभाले  पारित गर्‍यो ७ % बोनस शेयर

वैशाख १२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय नक्सालमा आयोजित सभाले सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि निष्कासन गर्नेछ ।  सभाले हाल कायम रहेको कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  ७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार पुगेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।