मञ्जुश्री फाइनान्सको ४०% बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा

चैत १५, काठमाडौं । मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । कम्पनीले चैत ११ गते ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो । कम्पनीले गत पुस २९ गते सम्पन्न १४ वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।  यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सम्बन्धित सामग्री

मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चरको बोनस शेयर सूचीकृत

चैत ११, काठमाडौं । शुक्रवार नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो । मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरले पनि पुस २९ गतनै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

४६ % लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो पुस २९ मा साधारण सभा

पुस ८, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १४ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीले सभा कम्पनीको काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।सभाले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले  यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यस्तै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

४ ओटा वित्त कम्पनीको लाभांश घोषणा, कुन - कुन कम्पनीले गरे लाभांश प्रस्ताव ?

मंसिर २४, काठमाडौं । हालसम्ममा गत आवको मुनाफाबाट चार ओटा वित्त कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् । मञ्जुश्री फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, आइसिएफसि फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी चार कम्पनीहरुमध्ये आइसिएफसि फाइनान्सले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले पुस ५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरेर १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । बाँकी तीन कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् । यी चार कम्पनीमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ७० प्रतिशत बोनस शेयर ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

मञ्जुश्री फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, १७ जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार रु. ३७ ले वृद्धि भएको छ । यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ६८२ पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १८ प्रतिश बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रु. ३७ करोड ५१ लाख नाफा कमाएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९४ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १९ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ३१ दशमलव ४९ रहेकामा चालू आवमा वृद्धि भएर रु. ५१ दशमलव ८२ पुगेको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने वा घट्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८२ दशमलव ७५ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १९ दशमलव शून्य १ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ६८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६३० मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य विगत ५९ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।