चैत ११, काठमाडौं । शुक्रवार नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।
मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरले पनि पुस २९ गतनै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।