नेपाल स्टक एक्सच्नेज नेप्सेमा आज मंगलबार ३ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेपाल टेलिकमको २० प्रतिशतले हुन आउने ३ करोड कित्ता बोनस शेयर सुचिकृत भएको हो । कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गरेको हो । टेलिकमले पहिलो पटक बोनस शेयर दिएको हो ।