भारतीय रेल सेवाका चार उच्च अधिकारी निलम्बित, दुर्घटनामा जिम्मेवार रहेको आरोप :: Pahilopost.com

नयाँदिल्ली  :  भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको छ। निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि छन्। उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरुको लापरवाही देखिएको ठहर गर्दै निलम्बन गरिएको मन्त्रालयले जानकारी दिएको छ।  भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : रहुघाट आयोजनाको काम नहुँदा भारत असन्तुष्ट

रहुघाट जलविद्यत् आयोजनाका लागि उपलब्ध गराएको ऋण ३ वर्षसम्म पनि खर्च नभएकोमा भारत असन्तुष्ट देखिएको छ । ‘ऋण सम्झौता भएको झण्डै ३ वर्ष भइसक्यो तर विद्युत् प्राधिकरणले आयोजनामा अहिलेसम्म एक रुपैयाँ पनि खर्च गर्न नसकेकाले भारत असन्तुष्ट भएको हो,’ रहुघाट आयोजनाका प्रमुख राजीव शर्माले अभियानसँग भने । ‘भारतीय सहयोगमा बन्ने आयोजनाको काम नियतवश अघि बढाउन नचाहने कर्मचारीतन्त्रका कारण अहिलेसम्म सहयोग रकम खर्च हुने गरी काम अगाडि नबढेको हो,’ भारतीय राजदूतावास स्रोतको आरोप छ । ३० मेगावाट क्षमताको रहुघाट नेपाल विद्युत् प्राधिकरणले विकास गर्न लागेको आयोजना हो । ऊर्जा मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘सहयोग खर्च गर्न नसक्नु हाम्रा लागि नोक्सानी हो । उल्टै दाताले असन्तुष्टि व्यक्त गर्नुपर्ने स्थिति आउनु लाजमर्दो कुरा हो ।’  वर्ष ६, अंक ९८, मंगलवार, १३ पुस, २०६७

लघुवित्तका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । केही समययता लघुवित्तहरूले ग्राहकसँग चर्को ब्याज लिइरहेको तथा सेवाग्राहीसँग राम्रो व्यवहार नगरेको कतिपयले आरोप लगाएका छन् । यद्यपि लघुवित्तकर्मीहरूले भने यस्ता आरोपको खण्डन गर्दै विपन्न समूहलाई मिटर ब्याजमा ऋण दिन पल्किएका समूहले आधारहीन हल्ला फैलाइरहेको दाबी गर्दै आएका छन् । लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान स्थिति र उनीहरूले अर्थतन्त्रमा पुर्‍याएको योगदानसहित समग्र क्षेत्रबारे अध्ययन गर्न उक्त समिति गठन गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिमा ७ सदस्य छन्, जसमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्षसहित २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारी सदस्य रहने राष्ट्र बैंकले जानकारीका दिएको छ । उक्त समितिले ६ महीनाभित्र प्रतिवेदन पेश गर्नेछ । विपन्न वर्गलाई आय आर्जन वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि गरिबी न्यूनीकरणमा पुर्‍याएको योगदानबारे सूचकको व्यवस्था नहुँदा लघुवित्त वित्तीय संस्थाहरूले गरिबी न्यूनीकरणमा पुर्‍याएको योगदान यकिन हुन सकेको छैन ।

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

ब्रसेल्स । युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रूसले युक्रेनमाथि आक्रमण गरेको

इजिप्ट पुगेर आरोप प्रत्यारोपमा उच्च अधिकारी, समन्वयमा समस्या नरहेको सरकारी दाबी

काठमाडौँ – जलवायु परिवर्तनको गम्भीर प्रभाव जनजीवनकामाथि नै असर पर्ने गरि देखिइरहेको पृष्ठभूमिका इजिप्टको शर्म एल–शेखमा जलवायु परिवर्तनसँग जुध्नका लागि विश्व मार्गदर्शन तय गर्ने सम्मेलन भइरहेको छ। जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन अर्थात कोप–२७ लाई कार्यान्वयनमा केन्द्रित गरिने दाबी छ। तर नेपाली टोलीको सहभागिता अपेक्षा गरिएअनुसारको प्रभावकारी र आन्तरिक रुपमा राम्रो समन्वय […]

समानान्तर निर्माण सेवामाथिको अनुसन्धान ९ महिनादेखि अलपत्र

नक्कली बिलबिजकको प्रयोग र आयकर छलीको अभियोगमा अनुसन्धानको दायरमा आएको समानान्तर निर्माण सेवामाथिको अनुसन्धान रहस्यमय ढङ्गले ९ महिनादेखि अलपत्र परेको छ । राजस्व अनुसन्धान विभागले गत पुस २ गते समानान्तरको कार्यालय पुरानो बानेश्वरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । तर, छापा मारेर कागजात नियन्त्रणमा लिएको ९ महिना बितिसक्न लाग्दा पनि समानान्तरमाथिको अनुसन्धान प्रभावकारी ढङ्गले अघि बढेको छैन । सरकारी उच्च अधिकारी र प्रभावशाली नेताहरूसँग सेटिङ मिलाएर ठेक्का हात पार्ने गरेको आरोप लागिरहेक

लगानी सिद्धान्तविपरीत बीमाको बोनस

जीवन बीमा पोलिसीका ग्राहकले पाउँदै आएको बोनस लगानीको सामान्य सिद्धान्त विपरीत रहेको देखिन्छ । फरक फरक अवधिको पोलिसीमा पनि बीमितले प्रायः समान बोनस पाउने गरेका छन् । सामान्यतया लामो समयको लगानीमा जोखीम धेरै ग्रहण गर्नुपर्ने भएकाले लगानीकर्ताले पाउने प्रतिफलको दर पनि स्वाभाविक रूपमा बढी हुनुपर्छ । बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई पनि यस कुरामा सहमत छन् । सिद्धान्ततः अहिले जीवन बीमामा चलेका बोनसको आधार गलत भएको केसी र भट्टराई स्वीकार्छन् । बोनस निर्धारणका सम्बन्धमा बीमा ऐनमा पनि स्पष्ट व्यवस्था छैन । त्यसैले कम्पनीले आफ्नो हिसाबले बोनस निर्धारण गर्दै आउनुमा नियामक निकाय बीमा समितिको नीति नै कमजोर देखिन्छ । समितिले नै केका आधारमा बोनस निर्धारण गर्ने भन्ने स्पष्ट प्रावधान राख्नुपर्ने नेपाल लाइफका भट्टराईको धारणा छ । अहिले प्रायः नेपाली जीवन बीमा कम्पनीले दिइरहेका फ्ल्याट बोनस लामो समयको पोलिसी खरिद गर्ने ग्राहकका लागि अन्याय भएको नाम उल्लेख नगर्ने शर्तमा एक बीमा कम्पनीका उच्च अधिकारी बताउँछन् । यसरी लामो अवधिको पोलिसीबाट आउने पैसा सित्तैमा लगाउन पाएजत्तिकै हुने भएकाले बीमा अवधिको आधारमा बोनस निर्धारण गर्नेतर्फ कम्पनीहरूले ध्यान नदिएको उनको आरोप छ । संसारबा प्रायः सबै मुलुकमा पोलिसीको म्याच्युरिटीका आधार बीममा बोनस निर्धारण हुने गरेको छ । छिमेकी मुलुक भारतमै पनि यो अन्तर्राष्ट्रिय मान्यताका आधारमा बोनस दर निर्धारण गर्ने गरिएको छ । वर्ष ५, अंक ४५, २०६७, असार २६– साउन २

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर (अस) । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा अहिलेसम्म चारजना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले चारैजनालाई बैंक कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि बैंकभित्र भइरहेको अनियमितताबारे खुलासा भएको थियो । बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । कार्यालयबाटै रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओ लगायत उच्च अधिकारी शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढंगबाट निकालिएको छ । बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

लगानी सिद्धान्तविपरीत बीमाको बोनस

जीवन बीमा पोलिसीका ग्राहकले पाउँदै आएको बोनस लगानीको सामान्य सिद्धान्त विपरीत रहेको देखिन्छ । फरक फरक अवधिको पोलिसीमा पनि बीमितले प्रायः समान बोनस पाउने गरेका छन् । सामान्यतया लामो समयको लगानीमा जोखीम धेरै ग्रहण गर्नुपर्ने भएकाले लगानीकर्ताले पाउने प्रतिफलको दर पनि स्वाभाविक रूपमा बढी हुनुपर्छ । बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई पनि यस कुरामा सहमत छन् । सिद्धान्ततः अहिले जीवन बीमामा चलेका बोनसको आधार गलत भएको केसी र भट्टराई स्वीकार्छन् । बोनस निर्धारणका सम्बन्धमा बीमा ऐनमा पनि स्पष्ट व्यवस्था छैन । त्यसैले कम्पनीले आफ्नो हिसाबले बोनस निर्धारण गर्दै आउनुमा नियामक निकाय बीमा समितिको नीति नै कमजोर देखिन्छ । समितिले नै केका आधारमा बोनस निर्धारण गर्ने भन्ने स्पष्ट प्रावधान राख्नुपर्ने नेपाल लाइफका भट्टराईको धारणा छ । अहिले प्रायः नेपाली जीवन बीमा कम्पनीले दिइरहेका फ्ल्याट बोनस लामो समयको पोलिसी खरिद गर्ने ग्राहकका लागि अन्याय भएको नाम उल्लेख नगर्ने शर्तमा एक बीमा कम्पनीका उच्च अधिकारी बताउँछन् । यसरी लामो अवधिको पोलिसीबाट आउने पैसा सित्तैमा लगाउन पाएजत्तिकै हुने भएकाले बीमा अवधिको आधारमा बोनस निर्धारण गर्नेतर्फ कम्पनीहरूले ध्यान नदिएको उनको आरोप छ । संसारबा प्रायः सबै मुलुकमा पोलिसीको म्याच्युरिटीका आधार बीममा बोनस निर्धारण हुने गरेको छ । छिमेकी मुलुक भारतमै पनि यो अन्तर्राष्ट्रिय मान्यताका आधारमा बोनस दर निर्धारण गर्ने गरिएको छ । वर्ष ५, अंक ४५, २०६७, असार २६– साउन २

अमेरिकी विदेशमन्त्रीले भारत भ्रमणमा ‘मानवअधिकार र लोकतन्त्र’को मुद्दा उठाउने

बीबीसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकनले आफ्नो भारत भ्रमणका बेला मानवअधिकार र लोकतन्त्रको मुद्दा उठाउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी डैन टम्पसनले यो जानकारी समाचार एजेन्सी रोयटर्सलाई दिए। ब्लिनकन मंगलबार दुईदिने भारत भ्रमणको लागि नयाँदिल्ली आइपुग्नेछन्। विभिन्न मानवअधिकारवादी संगठन तथा संघसंस्थाले भारतीय जनता पार्टी(भाजपा)को सरकारले मानवअधिकार हनन् र लोकतन्त्र कमजोर बनाएको आरोप लगाइरहेका बेला उनले पनि तीनै मुद्दा उठाउनेछन्।

सुन तस्करीमा राजनैतिक संलग्नताको आरोप

३८ क्विन्टलले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनैतिक दलका ठूला नेताहरू पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने आफ्नो बयानमा बताएका छन् ।