समानान्तर निर्माण सेवामाथिको अनुसन्धान ९ महिनादेखि अलपत्र

नक्कली बिलबिजकको प्रयोग र आयकर छलीको अभियोगमा अनुसन्धानको दायरमा आएको समानान्तर निर्माण सेवामाथिको अनुसन्धान रहस्यमय ढङ्गले ९ महिनादेखि अलपत्र परेको छ । राजस्व अनुसन्धान विभागले गत पुस २ गते समानान्तरको कार्यालय पुरानो बानेश्वरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । तर, छापा मारेर कागजात नियन्त्रणमा लिएको ९ महिना बितिसक्न लाग्दा पनि समानान्तरमाथिको अनुसन्धान प्रभावकारी ढङ्गले अघि बढेको छैन । सरकारी उच्च अधिकारी र प्रभावशाली नेताहरूसँग सेटिङ मिलाएर ठेक्का हात पार्ने गरेको आरोप लागिरहेक