सुन तस्करीमा राजनैतिक संलग्नताको आरोप

३८ क्विन्टलले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनैतिक दलका ठूला नेताहरू पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने आफ्नो बयानमा बताएका छन् ।

सम्बन्धित सामग्री

सरकारले सुन तस्करी छानबिन गर्न चाहेको छैनः ओली

काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो । सोमबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन […]

ओलीको आरोपः सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्। आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक […]

सरकारको सेटिङमै सुन तस्करी भएको एमाले नेता बस्नेतको आरोप

पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन तस्करी काण्डमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको मिलेमतो रहेको दाबी गर्नुभयो । उहाँले यो काण्डमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै निष्पक्ष छानविन गरी दोषीलाई […]

खरेलले सुन तस्करको आरोप लगाएपछि जंगिए वामदेव : मर्ने बेलासम्म पाप भोग्छन्

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफूमाथि सुनकाण्डको आरोप लागेपछि जंगिएका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै संयोजक एवं राष्ट्रियसभा सदस्य गौतममाथि सुन तस्करी गरेको आरोप लागेपछि जंगिएका हुन्। तत्कालीन गृहमन्त्री हुँदा सुन तस्करी गरेको विषयमा पूर्वडीआइजी रमेश खरेलले नाम लिएपछि गौतम जंगिएका हुन्। ‘मैले बोकेर सुन ल्याउने र भन्सार कटाउने काम गरेको थिएँ? अरू कुन व्यक्तिलाई पठाऊँ? नाम लिन पर्दैन? गृहप्रशासन शान्ति सुरक्षाका निम्ति हो। सुनको विषय

३८ क्विन्टल सुन तस्करीको आरोप लागेकाहरुले कसरी पाए सफाइ ?

२ पुस, काठमाडौं । जिल्ला अदालत, मोरङले चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा हचुवाको भरमा आरोप–पत्र दायर भएको निष्कर्ष निकालेको छ । सुन तस्करका भरिया सनम शाक्यको हत्यामा ६ जनालाई जन्मकैद गरेको जिल्ला अदालत, मोरङले सुन तस्करी भएको वस्तुनिष्ठ प्रमाण फेला पर्न नसकेको ठहर गरेको हो । अदालतले तस्करी भएको भनिएको सुन बरामद हुन […]

अदालतको निष्कर्ष : ३३ किलो सुन ‘टाई टाई फिस’

चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ ।२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समि

साढे ३३ किलो सुन तस्करी- आठजना दोषी, मुछिएका सबै प्रहरीलाई सफाई

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने आरोप लागेका प्रहरीसहित अन्य सबैले सफाइ पाएका छन् । त्यस्तै फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार सुन तस्करी र हत्यामा संलग्न आरोप लागेका ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका …

सुनतस्करी र सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने तयारी

३८ क्विन्टल संगठित सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दा फैसला गर्ने तयारी भएको छ ।  न्यायधिश भरत लम्सालको इजलासमा आइतबारदेखी हेर्दाहेर्दैमा राखेर...

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनवाइ निरन्तर

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनवाई निरन्तर भइरहेको छ। मोरङ जिल्ला अदालतका एक नम्बर न्यायधिश भरत लम्सालको इजलासमा...