रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध
ब्रसेल्स । युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रूसले युक्रेनमाथि आक्रमण गरेको
वीरगञ्ज। ड्राइपोर्टबाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याएको खुलासा भएपछि त्यस्ता व्यवसायीलाई बयानका लागि उपस्थित गराउने भन्सारको प्रयास असफल भएको छ ।
फरक वस्तु घोषणा गरेर प्र्रतिबन्धित मालसामान भित्त्याउने आयातकर्तालाई उपस्थित हुन पत्र काटेको १ महीनाभन्दा बढी भइसकेको छ । त्यस्ता कारोबारीले अटेर गरेपछि नेपाल राष्ट्र बैंकमार्फत विवरण खोज्ने काममा भन्सार प्रशासन लागेको छ ।
चार वर्षभन्दा लामो समयदेखि भन्सारमा थन्किएका कन्टेनर लिलामको प्रक्रिया अघि बढाएपछि यस्तो रहस्य खुलेको थियो । ४०० कन्टेनरमध्ये करीब सयओटा कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएको थियो ।
भन्सारले पत्र काटेकामध्ये कोही पनि उपस्थित नभएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख रामप्रसाद मैनालीले बताए । अनुसन्धानमा तान्नुपर्ने आयातकर्ता उपस्थित नभएपछि नेपाल राष्ट्र बैंकमार्फत थप विवरण मागिएको उनले बताए । ‘व्यापारीले आयातका लागि कागजात बनाएका बैंकहरूसँग थप जानकारी लिने काम भइरहको छ । अन्य वस्तु लिलामीको प्रक्रिया अघि बढाएका छौं,’ मैनालीले भने ।
केही ठूला व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको पोल खुलेको हो । कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, मदिरा, हार्डवेयरका सामानमा स्कूटरलगायत फेला परेको थियो । गिरोहले भन्सारको हरियो लेनमा जाँचपास हुने वस्तु घोषणा गरेर प्रतिबन्धित वस्तु भित्त्याउने गरेको खुलासा भएको थियो । यो तथ्य खुलेपछि भन्सार विभागले जाँचपासमा हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका मालसामान भित्रिने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएपछि जोखिम मूल्यांकन समितिले लेन नै हटाइदिएको हो ।
भन्सारमा हरियो, पहेँलो र रातो लेनमा जाँचपास हुन्छ । हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । यो लेनमा आउने वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेँलोमा कागजातको जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेरमात्रै छोडिने भन्सार अधिकारी बताउँछन् ।
सरकारले २०७६ चैतमा केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका बेला तत्कालीन सत्ताधारी, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा यो काम भएको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए ।
वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याइने गरेको रहस्य खुलेपछि भन्सार विभागले जाँचपासको हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका वस्तु जाँचपास हुने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएको रहस्य बाहिर आएपछि विभागको जोखिम मूल्यांकन समितिले उक्त लेन नै हटाइदिएको हो ।
भन्सारमा हरियो, पहेंलो र रातो लेनमा आयातित वस्तुको जाँचपास हुन्छ ।
हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । आयातकर्ताले यही लेनमा आउने वस्तु भन्दै सुपारी आयात गरेको भेटिएपछि अहिलेका लागि यो लेन नै हटेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी सुशील शर्माले बताए ।
‘एउटा भनेर अर्कै सामान ल्याएको भेटिएपछि हामीले नै भन्सार विभागलाई आग्रह गरेर यो व्यवस्था हटाउन आग्रह गरेका हौं । अहिले पहेंलो र रातो लेनमा मात्रै जाँचपास भइरहेको छ,’ शर्माले भने राजस्व छल्ने सम्भावना नभएका वस्तु हरियो लेनमा आउँछ ।
यस्ता वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेंलोमा आयातसम्बद्ध कागजात जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेर मात्रै छोडिने भन्सार अधिकारी बताउँछन् ।
राजस्व चुहावट नहुने भनिएको हरियो लेनबाट आउने कुखुराको दाना र मुसुरो दालको कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कुटरलगायत सामान फेला परेको हो ।
केही व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको भन्सार अधिकारी बताउँछन् । सुक्खा बन्दरगाहमा विगत ४ वर्षदेखि अलपत्र छोडिएका कन्टेनर जफत गर्ने प्रक्रिया अघि बढेपछि यो रहस्य खुलेको हो ।
भन्सारले गत मङ्सिर १० गते त्यहाँ थन्किएका ४०० भन्दा बढी कन्टेनर लैजान सूचना निकालेको थियो । भन्सार हातामा प्रवेश गरेको ६० दिनभित्र मालसामान जाँचपास गराइसक्नुपर्ने प्रावधान भन्सार ऐनमा छ । यो समयभित्र जाँचपास नगराए जफत गर्न सकिने व्यवस्था छ ।
आयातकर्ता मालसामान लिन नआएपछि ती कन्टेर खोलर हेर्दा घोषणाभन्दा फरक वस्तु भेटिएको हो । भन्सार विभागका अधिकारीले वीरगञ्ज आएर कन्टेनर जाँचबुझ गरेका छन् । अधिकांश वस्तु कुहिएको र नष्ट गर्नुपर्ने अवस्थामा रहेको भन्सारले जनाएको छ । चार सयमध्ये सयभन्दा बढी कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएपछि भन्सारले आयातकर्तालाई उपस्थित हुन पत्र काटेको छ ।
सरकारले २०७६ चैतमा सरकारले केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसैबेला तत्कालीन सत्ताधारी दलसम्बद्ध राजनीतिज्ञ, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा प्रतिबन्धित वस्तु भित्त्याउने धन्धा चलेको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए । यो प्रकरणमा तलदेखि माथिसम्म सेटिङ भएको दाबी ती अधिकारीले गरे । ‘सेटिङ नभई यो हदको बदमासी हुनै सक्दैन । सबै मिलेमतोमै भएको हो,’ पहुँचवाला र शक्तिशालीको मिलेमतोको काम भएकोले आफूलाई दु:ख दिन सक्ने भन्दै नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने ।
एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ गरेको केही समयमै प्रधानमन्त्री ह्यामडोकलाई पनि नजरबन्द गरेको अलजजिरामा उल्लेख गरिएय्को गरिएको छ । यसबीच सेनाको टोलीहरु राजधानीको सम्पूर्ण सटकमा तैनाथ रहेको बवस्था छ । […]
ढाका : बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ।
बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिङ्ग्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ।
सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले एएफ्पीसँग भने–केही