काठमाडौं। बाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा ल्याइएको छ। प्रदेश सरकारको मातहतमा रहेको हेटौंडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो। संक्रमण पुष्टि भएर होम आइसोलेसन बसेका तथा स्वास्थ्यमा गम्भीर समस्या भएका बिरामीको उपचार गर्न वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। तत्कालका लागि वार्डमा १० श्ययाको व्यवस्था गरिएको छ। छिट्टै श्यया थपेर २० पु¥याउने अस्पतालले बताएको छ।