२ नम्बर प्रदेश सरकारले जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरेको छ ।
सरकारले भवनमा २० आईसीयूसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाएको छ ।
प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ । इन्जिनीयर भगवान झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्यसम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रत...