कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

जकपुरधाम, २४ वैशाख: प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ । सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ । त्यस्तै अस्पतालको सो कक्षमा आज थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि […]

सम्बन्धित सामग्री

कोरोनाको तेस्रो लहरविरुद्ध सरकारी तयारी तीब्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर शुरू हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड ...

कांग्रेसद्वारा सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग […]

जनकपुरधाम प्रादेशिक अस्पतालमा ८ भेन्टिलेटर जडान

२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका …

प्रादेशिक अस्पतालको सबै बेड भरियो, भेन्टिलेटर बिग्रियो

२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. …

चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उहाँको ८ बजे मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । प्रभावकारी बनाउँदै भरतपुर अस्पताल यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो । हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ । कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ ।