काठमाडौं। चिनियाँ फोन कम्पनी साओमीले आवाजबाट स्मार्टफोन चार्ज गर्ने प्रविधि ल्याउने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पावर कन्भर्जन नामक डिभाइस जसले वातावरणको कम्पनलाई मेकानिकल कम्पनमा परिणत गरी करेन्ट उत्पादन गरेर फोन चार्ज गर्न मिल्ने भएको मिडियाले खुलाएको छ। कम्पनीले हालै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपटी एड्मिनिस्टेरेसनलाई प्याटेन्टको लागि आवेदन पेस गरेको छ।