काठमाडौं : ताररहित विधिबाट मोबाइल फोनका ब्याट्री चार्ज गर्न सकिने भएको छ। मोबाइल फोन बनाइए देखि त्यसलाई चार्ज गर्ने विषय झन्झटिलो मानिँदै आएको छ। झन्झटिलो यस मानेमा कि बाहिर जाँदा चार्जिङ तार लिएर जानु पर्ने, तार बटारिने र तार चुँडिने। तार रहित चार्जिङ विधिले यी सबै समस्याबाट मुक्ति दिएको छ।कसरी हुन्छ चार्ज यसलाई जान्न विज्ञानको व्याख्या बुझ्नुपर्छ। विज्ञानले भन्छ, इलेक्ट्रोनहरू परमाणुभित्र धेरै नै सक्रिय कण हुन्। ती नकारात्मक आवेग भएका इल